सिफारिस भएका उम्मेदवारकाे विवरण पठाउन एमालेको निर्देशन « Khabarhub

सिफारिस भएका उम्मेदवारकाे विवरण पठाउन एमालेको निर्देशन


२१ भदौ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एमालेले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन आग्रह गरेको छ ।

एमालेको केन्द्रीय कमिटीको चौथो बैठकको निर्णय अनुसार प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको नाम सिफारिस गर्ने काम धमाधम भइरहेको एमालेले जनाएको छ ।

उम्मेदवारका रूपमा नाम सिफारिस भएका व्यक्तिहरूको नाम पार्टी केन्द्रीय कार्यालयमा पठाउँदा निर्वाचन आयोगको अनुसूची १४ र १७ बमोजिमको मञ्जुरीनामामा हस्ताक्षर गर्नुपर्ने भएकाले सम्बन्धित कमिटीले उक्त अनुसूचीका साथै सबै विवरण अनिवार्यरूपमा संलग्न गरी पठाउन पार्टीको केन्द्रीय कार्यालयले आग्रह गरेको हो ।

एमालेले नाम सिफारिससँगै नेपाली नागरिकताको प्रमाणपत्र, सम्पत्ति विवरण फाराम सिलबन्दी गरी पेस गर्न र मतदाता नामावलीमा नाम भएको विवरण पनि पठाउन भनेको छ । जसमा मतदाता क्रम संख्या, वडा नम्बर, गाउँ/नगरपालिका, प्रदेश र जिल्ला उल्लेख गर्न पनि स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  ९ : ०३ बजे

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश