इन्डोनेसियामा फुटबल इतिहासकै दुःखद दुर्घटना | Khabarhub Khabarhub

इन्डोनेसियामा फुटबल इतिहासकै दुःखद दुर्घटना


२० आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इन्डोनेसियामा फुटबल खेलको दौरान भएको हिंसात्मक झडपलाई संसारको फुटबल इतिहासकै सबैभन्दा खराब घटना मध्ये एकको रूपमा लिइएको छ । आइतबार राती मालाङ्गको खन्जुरुन्हा रङ्गशालामा भएको खेलमा घरेलु टोली पराजित भए पछि हजारौँ समर्थक मैदानमा प्रवेश गरेर हुल दङा मच्चाएको थियो । प्रहरीले त्यस समयमा अश्रुग्याँस प्रयोग गरेको थियो ।

त्यहाँबाट निस्कन खोज्दा थुप्रै बच्चा सहित १ सय २५ जनाले ज्यान गुमाइ सकेका छन् । भिडमा च्यापिएर ३२ जना त बच्चाको मात्र ज्यान गएको छ । अधिकारीले भने तीन जना बच्चाको मात्र ज्यान गएको जनाएका छन् ।

केही समय अगाडी गोलको खुसी मनाउन रङ्गशाला आएका केही समर्थक खेलाडीकै पाखुरामा मरेका छन् । घरेलु टोली एरेमा एफसीका पोर्तुगाली स्टार सर्जियो सिल्भाले घटनाको अवस्था वर्णन गर्नै नसक्ने कहाली लाग्दो भएको प्रतिक्रिया दिएका छन् । त्यहाँ आगो लागेको थियो भने सबै चिज भत्काएका थिए । कोरिडोरमा मानिसको रगतको टाटाहरू जताततै देख्न सकिन्थ्यो ।

अहिले अश्रु ग्यास चलाउन आदेश दिने १८ जना सुरक्षा कर्मी माथि छानबिन सुरु भएको छ । घटनामा ३सय २० जना घाइते भएको जनाइएको छ । इन्डोनेसियाका महिला तथा बालबालिका सहायक मन्त्रीले मृत्यु हुने बालबालिका ३ देखि १७ वर्ष बिचको भएको बताएका छन् ।

एक प्रत्यक्षदर्शीका अनुसार प्रहरीले एकदमै छिटो असङ्ख्य मात्रामा अश्रु ग्यास प्रहार गरेको थियो । प्रतिद्वन्द्वी पर्सेबाया सुर्याबायासँगको खेलमा ३–२ ले पराजित भए पछि घरेलु टोली एरेमा एफसीका समर्थकहरू मैदान प्रवेश गरेका हुन् ।

“साना बच्चाहरू रोइ रहेका थिए । आमाहरू आत्तिएका थिए । रुवाबासी र चित्कार सबै तर्फ सुनिएको थियो ,” एक प्रत्यक्षदर्शीले भने । अर्का एक समर्थक पनि ढोकामा बढ्दो भिडकै कारण आफू बाहिर निस्कन नसकेको बताउँछन् ।

भाग दौडको बिचमा थुप्रै अभिभावक रोइरहेका थिए । थुप्रै अभिवाकको छोरा छोरी गुमाएको पिडामा अझै होस आएको छैन । त्यहाँका एक समर्थक मोहम्मद डिपु मलाउनका अनुसार खेल सकिने बित्तिकै सबै एरेमाका समर्थक आफ्ना खेलाडीलाई ढाडस दिन मैदानमा गएको समयमा प्रहरीले अश्रुग्याँस प्रयोग गरेको थियो ।

सरकारले घटनाको छानबिन गर्ने क्रममा प्रहरी प्रमुखलाई बर्खास्त गरी सकेको छ । इन्डोनेसियाको सबैभन्दा ठुलो त्यो लिग अहिले स्थगित भइसकेको छ । एमनेस्टी इन्टरनेसनलले छानबिनको आवाज निकालेको छ ।

अहिले प्रहरी प्रशासनको चौतर्फी विरोध भइरहेको छ । एरेमा एफसीका प्रशिक्षक रोकाले प्रहरीले भिड नियन्त्रण गर्ने नाममा अनावश्यक दमन गरेको आरोप लगाएका छन् । घटनामा इन्डोनेसिया फुटबल सङ्घ पनि जिम्मेवार जनाइएको छ । ३८ हजार दर्शक क्षमता भएको रङ्गशालामा खेल भए पनि ४२ हजार टिकट विक्री भएको थियो ।

इस्ट जाभाका प्रहरी प्रमुख निक अफिन्टीनो भिडले अधिकारी माथि आक्रमण गरेको आरोप लगाउँछन् । दुई प्रहरी पनि मारिएको उनी बताउँछन् । एउटा मात्र ढोका खुलेको कारण अक्सिजन अभावका कारण धेरै मारिएको बताउँछन् ।

इन्डोनेसिया फुटबल सङ्घका महासचिव महासचिव माइक इरा पुस्पिता त्यहाँ सुरक्षाका लागि थप प्रहरी तैनाथ गरिएको बताए । धेरै जना अहिले यसको बारे बोल्न चाहँदैनन् । पुस्पिता पनि छानबिनको क्रम जारी रहेसम्म धेरै कुरा बाहिर नल्याउन उपयुक्त हुने बताउँछन् ।

सर्जियो सिल्भा डिभलाई सहानुभूति दिन तथा आक्रमण नगर्न बारम्बार अनुरोध गरेका थिए । खेलाडीहरू चेन्जिङ रुम गएको समयमा सबै घटना भएको बताउँछन् । उनी पनि खेलाडी चेन्जिङ रुम गएको समयमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको बताउँछन् ।

त्यो अश्रुग्याँसका कारण कोही आँखा नै देख्न नसक्ने थिए । सबै जना गेटमा झम्टिरहेका थिए । मरेका मान्छेलाई त्यत्तिकै छाडेर मानिसहरू आफू बाच्नका लागि भागिरहेका थिए । यसै बिचमा खेलाडीहरूले धेरैलाई आफ्नो अँगालोमा बाँध्न पुगेका थिए ।

घटनालाई हेर्नेहरू त्यो दृश्य युद्ध मैदानको जस्तो थियो । फुटबल मैदानको जस्तो थिएन । चोटग्रस्त धेरै जनाको मस्तिष्कमा गम्भीर चोट लागेको छ ।

घटना पछि इन्डोनेसियामा अहिले प्रहरीको विरुद्धमा देशव्यापी विरोध प्रदर्शन भएको छ । राजधानी जकार्तामा यो प्रदर्शन अझ बढ्दो छ । प्रहरी प्रशासनको विरुद्धमा प्ले कार्ड सहित थुप्रै प्रदर्शनकारी सडकमा ओर्लिएका छन् । रक्षा मन्त्री मोहम्मद मोउमुदिनले घटनाको छानबिन गरी तथ्य पत्ता लगाइने जनाए पनि आम नागरिकको आक्रोश घटेको छैन ।

फिफाले पनि दर्शक नियन्त्रणको नाममा अश्रुग्याँस प्रयोगलाई अवैध र गलत ठहर गरेको छ । इन्डोनेसियाकै सवालमा यो पहिलो घटना भने पक्कै होइन । यस अगाडी सन् २०१२ मा पनि यस्तै खाले घटना भएको थियो । त्यस समयमा अश्रुग्याँसको प्रयोग पछि दर्शकको मृत्यु भए पनि छानबिन भने भएको थिएन ।यसको सबै तथ्य त बिस्तारै बाहिर आउने छ । तथापि यो इन्डोनेसियाली फुटबलका लागि पक्कै पनि कालो दिन हुन सक्ने छ ।

यस अघि फुटबलको संसारमा यस्ता कालो दिन बारम्बार नआएको होइन । ४ मे १९४९ मा दिन इटालीको टृरिनमा पोर्चुगलमा मैत्रीपूर्ण खेल खेलेर आएको टुरिनको टोली रहेको विमान नै पहाडमा ठोक्किएर ३१ जनाको ज्यान गएको थियो ।

७ फेब्रुअरी १९८५ का दिन म्यानचेस्टर युनाइटेडको टोली बर्लिनमा फुटबल खेलेर फर्कँदा २३ जनाको ज्यान गएको थियो । त्यो फुटबल इतिहासको अर्को खराब दिनको रूपमा रहेको छ ।

२७ अप्रिल १९९३ का दिन सन् १९९४ को विश्वकपका लागि सेन गलसँग छनोट खेल खेल्न गएको जाम्बीया टोली नै विमान सहित आन्ध्र महासागरमा खसेको थियो । यसमा १८ खेलाडी थिए ।

११ अगस्ट १९७९ का दिन सोभियत टोली रहेको विमान पनि यसै गरी दुर्घटनामा क्षतविक्षत भएको थियो । त्यसै विमानमा रहेका सोभियत सङ्घको शीर्ष डिभिजनको टोली पाख्तरका १७ खेलाडीको ज्यान गएको थियो ।

यी त भए विमान दुर्घटनाका दुखद घटना भए । मैदानमा झडप भएकाले भएको सबै भन्दा ठुलो र खराब घटना यस अगाडी १५ अप्रिल १९८९ मा लन्डनको हिल्सब्रग रङ्गशालाको दुर्घटनालाई मानिएको थियो ।

लिभरपुल र नटिंघम फरेस्टको बिचमा भएको एफए कपको सेमिफाइनलको दौरान झडप हुँदा ९६ लिभरपुल समर्थक मारिएका थिए ।
२४ मे १९६४ का दिन पेरु र अर्जेन्टिनाको बिच पेरुको राजधानी लिमामा ओलम्पिक छनोट खेल भई रहेको थियो । त्यसै खेलमा पेरुले गरेको बराबरी गोल रेफ्रीले अमान्य घोषित गरे पछि भएको झडप दक्षिण अमेरिकाको खराब झडप मानिन्छ ।

यस्ता थुप्रै घटना इतिहासमा नभएका होइनन् । यी नै घटनाका बिच जाकार्ताको घटना यस कारण सबैभन्दा पिडादायक छकी त्यहाँको घटनामा धेरै नाबालकले जीवन गुमाएका छन् ।

(श्रोत : बीबीसी , वोयन्युज, हिन्दुस्तान टाइम्स)

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार  ११ : ५९ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले