दशैँको टीका लगाउने क्रम आज पनि जारी रहने « Khabarhub

दशैँको टीका लगाउने क्रम आज पनि जारी रहने


२० आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दशैँको टीका लगाउने क्रम आज पनि जारी रहने भएको छ।

नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट टीका प्रसाद लगाउने चलन छ।

९ दिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका पाँच दिनसम्म लगाइन्छ ।

विजयादशमी आफैँमा शुभ भएकाले जतिबेला पनि टीका लगाउँदा हुने बताइन्छ । सुरुमा आफ्ना घरका जेष्ठ सदस्यबाट टीका लगाउन सुरु गर्दै आफ्ना काका, ठूलोबुवा घर, मामा घर, ससुराली र अन्य मान्यजनका घरमा गइरहेका छन् ।

घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन्। यो क्रम पूर्णिमासम्म रहन्छ।

सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले रावणमाथि विजय प्राप्त गरेकाले त्यही दिनको सम्झनामा विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार  ७ : ०५ बजे

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति