काठमाडौँ आइपुगे सन्दीप, विमानस्थलबाट चौकी लगिने « Khabarhub

काठमाडौँ आइपुगे सन्दीप, विमानस्थलबाट चौकी लगिने


२० आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने काठमाडौं आइपुगेका छन्।

१० बजे ल्याण्ड हुनुपर्ने विमान झण्डै एक घण्टा आकाशमै फन्को मारेर करिब ११ बजे मात्र अवतरण गरेको थियो।

उनी सवार कतार एअरवेजको ६४८ जहाज मौसमको खराबीका कारण केहीबेर अवतरण गर्न नसकेर काठमाडौंको आकाशमा फन्को मारेको थियो।

प्रहरीले उनलाई विमानस्थलबाट सिधै चौकीमा लैजाने तयारी गरेको छ। सुरुमा जाहेरी परेको गौशला बृतमा लगिने र त्यसपछि अनुसन्धान थालिने प्रहरीको भनाइ छ।

सन्दीपले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताएका छन्। गत भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन्। भदौ ५ गते सन्दीपले बलत्कार गरेको जाहेरीमा उल्लेख छ।

उनले सामाजिक सञ्जालमार्फत नै प्रहरीसमक्ष आत्मसमर्पण गर्ने पूर्व जानकारी दिइसकेका छन्।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार  ११ : ०१ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्