भारी वर्षाका कारण धनगढी र आसपासका क्षेत्र जलमग्न | Khabarhub Khabarhub

भारी वर्षाका कारण धनगढी र आसपासका क्षेत्र जलमग्न


२० आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा बिहीबार देखि भारी वर्षा सुरु भएको छ । बिहीबार दिउँसो देखि भइरहेको वर्षाका कारण धनगढी र आसपासका क्षेत्र जलमग्न बनेका छन् । वर्षाका कारण प्रदेशको स्थाई राजधानी धनगढी बजार क्षेत्र 

जलमग्न बनेको छ । वर्षाका कारण दशैँको टिका थाप्न हिँडेका नागरिक समेत अलपत्र परेको छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार वर्षाका कारण हाल सम्म कुनै क्षतिको विवरण भने आएको छैन । ‘अहिले सम्म वर्षाका कारण क्षति भएको कुनै विवरण आएको छैन,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले भने, ‘अहिले सबै क्षेत्रको विवरण बुझ्न टोली परिचालन गरिएको छ ।’
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देखि मनसुनी वायु सुदूरपश्चिम प्रवेश गरेको छ । जसका कारण बिहीबार देखि शनिबार सम्म नै अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ ।

बिहीबार राती देखि सुदूरपश्चिमका अधिकास स्थानमा मध्यम देखि भारी बर्षाको सम्भावना रहेको छ,’ मौसमविद सञ्जिव अधिकारीले भने, ‘शुक्रबार प्रदेशका धेरै स्थानमा बर्षा हुने र शनिबार अधिकांस स्थानमा बर्षा हुनका साथै केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ ।’ सुदूरपश्चिममा आगामी सोमबार सम्म नै मौसम प्रतिकुल रहने अनुमान गरिएको उनले बताए ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार  ५ : २७ बजे

धेरै कमाउने खेलाडी : कसको आम्दानी कति ?

खराब समयमा गुज्रिएको डेढ वर्ष म्यानचेस्टर युनाइटेडमा बिताएपछि क्रिस्टियानो रोनाल्डो

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा फुल्हम पराजित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले रोमाञ्चक जित निकालेको छ

एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठक आज

एनिमलको रेकर्ड : तीन दिनमा ‘२ सय करोड क्लब’ प्रवेश

काठमाडौँ– गत शुक्रबारदेखि प्रदर्शनमा आएको भारतीय फिल्म ‘एनिमलले’ शानदार व्यापार

कान पाक्ने समस्या र यसको उपचार

कान हाम्रो शरीरको अति नै महत्वपूर्ण र संवेदनशील अंग हो।