विश्व इतिहासमा आजः कोलिम्बिया नरसंहारदेखि रंगभेद विरुद्धको संकल्प प्रस्तावसम्म « Khabarhub

विश्व इतिहासमा आजः कोलिम्बिया नरसंहारदेखि रंगभेद विरुद्धको संकल्प प्रस्तावसम्म


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

आज ६ नोभेम्वर।यो दिन विश्वमा केही महत्त्वपूर्ण घटनाहरु भएको पाइन्छ। प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण विश्व घटनाः

अष्ट्रेलियामा जनमत संग्रह

सन् १९९९ मा अष्ट्रेलियाको संविधान संशोधन गर्न जनमत संग्रह आयोजना भएको थियो। राष्ट्रपति राष्ट्रप्रमुख हुने प्रावधानसहितको गणतन्त्रमा जान विषयलाई अष्ट्रेलियाली नागरिकले अस्वीकार गरेका थिए।

११ न्यायाधीशसहित सयौंको मृत्यु

सन् १९८५ मा अप्रिल आन्दोलनका गुरिल्लाहरुले कोलम्बियाको सर्वोच्च अदालत रहेको प्यालेस अफ जस्टिनलाई नियन्त्रणमा लिएर तीन सय जनालाई बन्धक बनाएका थिए। विद्रोही र सरकारी फौजबीचको लडाइँमा सर्वोच्चका ११ न्यायाधीशसहित एक सय जनाको मृत्यु भएको थियो।

रंगभेदविरुद्ध संकल्प प्रस्ताव

सन् १९६२ मा राष्ट्रसंघको महासभाले दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो। राष्ट्रसंघले सदस्य राष्ट्रलाई रंगभेदको विरुद्धमा उभिन निर्देशन दिएको थियो।

अमेरिकी राष्ट्रपतिमा अब्राहम लिंकन

आजकै दिन अर्थात ६ नोभेम्बर १८६० मा अब्राहम लिंकन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए। उनको विजयपछि अमेरिकाको रक्तपातपूर्ण गृहयुद्ध र दास प्रणाली विस्तारै अन्त्य भएको थियो। लिंकन अमेरिकाका १६ औं राष्ट्रपति हुन्।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ६ : ३७ बजे

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका