बोतलको दूध तताएर खुवाउँदा बच्चामा समस्या हुन्छ | Khabarhub Khabarhub

बोतलको दूध तताएर खुवाउँदा बच्चामा समस्या हुन्छ

‘दमको बच्चालाई चिसोले दुःख दिन्छ’


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

विस्तारै विस्तारै जाडो सुरु हुँदै छ । जाडोमा बालबालिकामा बढी देखिने मुख्य स्वास्थ्य समस्या भनेको मौसमी रुघाखोकी हो । नाकबाट पानी बग्ने समस्या पनि बालबालिकामा धेरै यो मौसममा देखिने गरेको छ । जाडो मौसममा बालबालिकामा निमोनियाको समस्या बढी हुन्छ भन्ने गरिन्छ । बालबालिकामा जाडो मौसममा लाग्ने मौसमी रुघा–खोकीको समयमा राम्रोसँग उपचार नगर्दा निमोनिया हुने गर्छ । यसै विषयमा आधारित भएर बाल रोग विशेषज्ञ डा. दीपकराज भण्डारीसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

यो मौसममा बालबालिकालाई कस्तो–कस्तो समस्याले सताउने हो ?
जाडो बढेसँगै बालबालिका तथा अरूमा धेरै समस्या देखा पर्न थालेका छन् । त्यसैगरी बालबालिकामा पनि अरू समयमा भन्दा यो मौसममा धेरै समस्याहरू देखा पर्दछन् । बालबालिकामा धेरै सिँगान बग्ने रुघा खोकीको समस्याले धेरै सताएको छ । अभिभावकले धेरै भयो अब नुहाउनु पर्दछ भनेर नुहाइदिनु हुन्छ र त्यसले पनि चिसो लाग्छ र यो सिँगान बग्ने समस्या झन् धेरै हुन्छ । दमको बच्चालाई चिसोले दुःख दिन्छ । चिसो हुँदा सास फेर्न गाह्रो हुने स्वा स्वा हुने हुन्छ ।

यो समस्या कस्तो कस्तो बच्चामा धेरै हुन्छ ?
रुघाखोकी प्राय सबै बच्चामा हुन्छ । न्यानो बनाएर राख्यो भने यो समस्या निको हुन्छ । स्कुल जाने साना बच्चामा अरू बच्चाबाट पनि सर्न सक्छ ।

यस्तो समस्या हुँदा घरमा नै के गर्न सक्छौँ त ?
जबसम्म धेरै ज्वरो आउँदैन । तबसम्म अस्पताल आउनु हुँदैन । र, साधारण ज्वरो रुघाखोकी लाग्यो भने साधारण तापक्रममा राख्ने, मन तातो पानी, सुप, बेसार पानी खुवाउने, नाक थुनियो भने तोरीको तेलले सफा गर्ने, नुन पानी राखेर नाक सफा गर्ने गर्नुपर्छ । न्यानो कपडा लगाइदिने गर्दा अस्पताल आउनु पर्दैन । तर, धेरै लापरबाही गरेर धेरैमा तीन दिन भन्दा बढी ज्वरो आयो भने अस्पताल नै जानु पर्दछ ।

मेडिकल गएर आफै औषधि खुवाउनु कतिको उपयुक्त हुन्छ?
मेडिकल गएर आफै रुघाखोकी लाग्यो भने कुनै औषधि खुवाउनु पर्दैन । त्यसको लागि घरमा नै तातोपानी झोलिलो खाना र तातो बनाएर राख्दा निको हुन्छ । मेडिकलमा गयो भने औषधि त दिनु हुन्छ । तर, त्यसले धेरै फाइदा गर्दैन । त्यसैले त्यो औषधि नखुवाएको नै राम्रो हो । घरेलु औषधिले भएन भने सम्बन्धित डाक्टरकोमा गएर जाँच नै गराउनु पर्दछ ।

जाडो मौसममा नवजात शिशुको कसरी हेरचाह गर्ने ?
तीन महिनासम्म हाम्रो समाजमा आमा र बच्चालाई एउटै कोठामा राख्ने चलन छ । त्यो कोठामा २६ डिग्री तापक्रममा राख्ने, आगोमा भन्दा पनि हिटरको तातोमा तेल लगाउने, कोही रुघा खोकी लागेको मान्छे आएर त्यो बच्चालाई नछोइदिने हो भने त्यति गर्दा बच्चा स्वस्थ हुन्छ ।

जाडोबाट जोगाउन धेरै कपडा पनि लगाइन्छ, त्यो न्यानो बनाउँदा पसिना पनि आउँछ, त्यो पसिनाले असर गर्छ कि गर्दैन ?
पसिना आयो भने सुरुमा कपडा भिज्छ । भित्र चिसो पसेर छातीको समस्या आउँछ । त्यसैले कोठाको तापक्रम मिलायो भने धेरै कपडा लगाउनु पर्दैन । आमाको दूध चुस्दा पनि पसिना आउँछ, पसिना आयो भने भित्रको भोटो मात्र परिवर्तन गर्दा हुन्छ ।

बाहिरको बोतलको दूध खुवाउँदा कसरी खुवाउने ?
सकेसम्म आमाको दूधले नै पुगोस् भन्छौ । हामी तर भएन भने बाहिरको दूधहरू पनि हाईजेन मेन्टेन गरेर कचौरामा बनाएर चम्चाले विस्तारै खुवाउदा हुन्छ । त्यो पनि भएन भने दैनिक रूपमा बोतल तताएर खुवाउने । एक पटक बनाएको दूध जति खायो खायो धेरै भयो भने त्यो फाल्ने । अर्को पटक तताएर नखुवाउने । त्यति गर्यो भने बच्चा स्वस्थ हुन्छ । एक पटक बनाएको दूध दोस्रो पटक खुवाउँदा बच्चाको पाचन शक्तिमा धेरै असर गर्दछ । बिरामी हुन्छन् ।

अरू खाना खाने बालबालिकाको कसरी केयर गर्ने त ?
६ महिनादेखि तीन वर्ष मुनिको बच्चा जुन स्कुल जाँदैनन् । उनीहरू आमाको दूधसँगै अरू साधारण खाना खान्छन् । तिनीहरूमा पनि तातो बनाएर राख्ने, खाना दिँदा मनतातो बनाएर दिने, जति उसले खान्छ । त्यो बाँकी भएको खाना पछि नखुवाउने, फलफूलहरूमा पनि मनतातो बनाएर दिने, जुसहरू पनि हल्का तातोपानीमा डुबाएर खुवाउने । उनीहरूमा पनि रुघाखोकी लागेका मान्छेले नछोइदिने ।

स्कुल जाने बच्चाको कसरी ख्याल गर्ने त ?
पहिला आफ्नो बच्चालाई ज्वरो रुघाखोकी लाग्यो भने स्कुलमा नपठाउने त्यसो गर्दा अरू बच्चामा सर्न पाउँदैन । बच्चा पूर्ण रूपमा स्वस्थ छ भने मात्र स्कुल पठाउने र स्कुलको वातावरण कस्तो छ । न्यानो बनाएर राखेको छ कि छैन । खना पनि उनीहरूले कसरी खुवाएको छ त त्यो कुरामा ध्यान दिनु पर्यो । स्कुलबाट फर्केपछि उसलाई हल्का मनतातो पानीले पुछेर न्यानो कपडा लगाउने गर्दा बच्चालाई यो चिसोबाट बचाउन सकिन्छ । स्कुलमा शिक्षकहरूले पनि बच्चाको स्वास्थ्य कस्तो छ । त्यसमा ध्यान दिनु पर्दछ किनभने अभिभावकहरू स्कुलमा बच्चा पठाएपछि अब यति घण्टाको लागि ढुक्क भयो अब काममा जान्छु भन्ने हुन्छ । त्यसैले रोगी बच्चालाई छुट्टै राख्यो भने यो रुघाखोकी धेरै सर्दैन ।

बाल रोग विशेषज्ञ भएको नाताले बालबालिकामा कुनै पनि समस्या नआओस् भनेर जोगाउन के सुझाव दिनु हुन्छ ?
मुख्य कुरा बालबालिकालाई न्यानो कपडा लगाउने,बिहान बेलुका बच्चालाई जाडोमा बाहिर नहिँडाउने, मनतातो पानीले नुहाउने र नुहाएको दुई घण्टा जति घाममा राख्ने । कोठाको तापक्रम न्यानो बनाउने, कोही बिरामी नै भयो भने डाक्टरको सल्लाह लिने मेडिकलमा गएर औषधिहरू ल्याएर नखुवाउने त्यसले बच्चालाई असर गर्न सक्छ । त्यसैले सकेसम्म घरेलु उपचारमा ध्यान दिने र तापक्रममा राख्ने त्यो गर्दा पनि यो रुघा लाग्ने, सिँगान बग्ने समस्या कम हुन्छ । ज्वरो आयो भने चाहिँ चिकित्सकको सल्लाहमा औषधि चलाउने ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ७ : १० बजे

लुम्बिनी प्रदेशमा सरकार विस्तार

घोराही– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन्

लगानी सम्मेलन : ३६ देशका ४६५ जनाले सहभागी हुन पठाए कन्फर्मेसन

काठमाडौं– सरकारले यही वैशाख १६ र १७ गते आयोजना गर्न

अपाङ्गताको लागि पञ्चाम्रित जति बजेट 

अपाङ्गता विभिन्न कारणहरूले बढिरहेको छ । भीरबाट खसेर, रुखबाट लडेर, दिमागमा

एन्फाका उपाध्यक्ष लामा रिहा 

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा

पर्यटनमा समृद्धि खोज्दै तमानखोला

ढोरपाटन– कतै अग्ला पहाड, कतै होचा खोंच । पश्चिम बागलुङको