कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने « Khabarhub

कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बैतडी – मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने भएका छन्। मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको हो।

कैदीबन्दीका लागि कारागारमै अस्थायी मतदान केन्द्र तोकिएको  जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले बताए। उक्त मतदान केन्द्रबाट कैदीबन्दीका साथै र चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीले मतदान गर्न पाउनेछन्।  बैतडीमा पाँच कैदीबन्दीसहित करिब आठ सय अस्थायी मतदाता छन्। निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मीले भने सम्बन्धित  मतदान केन्द्रबाटै मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।

कैदीबन्दी, सुरक्षाकर्मी र निजामती कर्मचारीले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मात्र मत दिन पाउनेछन्। अस्थायी मतदान केन्द्रमा चार कर्मचारी खटिने जनाइएको छ।  जिल्लाभरि एक सय २९ मतदानस्थल र दुई सय १० मतदान केन्द्र छन्।

निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन आयोगले आन्तरिक तयारीलाई पनि तीव्र बनाएको छ।  मतपत्र र निर्वाचन सामग्री जिल्ला पुगिसकेको छ।  निर्वाचनमा खटिने आवश्यक जनशक्तिलाई तालिम दिने क्रम जारी रहेको र केही दिनपछि खटाइने फुयाँलले जानकारी दिए। यसका साथै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्रचार–प्रसार कार्य जारी राखेका छन्।

प्रतिनिधिसभाका लागि एक मात्र क्षेत्र रहेको बैतडीमा ११ जना उम्मेदवार चुनावी मैदानमा छन्। प्रदेशसभाका दुई सिटका लागि पनि  ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। यहाँ एक लाख ५० हजार एक सय ५६ मतदाता रहेका छन्।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १ : ३० बजे

धादिङ १ मा आशिकालाई रास्वपाको टिकट, कमेडियन हिमेश ‘आउट’

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र

पोर्चुगल राष्ट्रपति चुनाव : कट्टर–दक्षिणपन्थी भेन्टुरा रनअफमा

एजेन्सी – कट्टर–दक्षिणपन्थी लोकप्रियतावादी दलका नेता आन्द्रे भेन्टुराले आइतबार सम्पन्न

योगेशले भने : एमालेलाई जिताउन सबै जुटौँ, ओलीसँग फागुनको चुनावपछि कुरा गरौँला

काठमाडौं– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एकताबद्ध भएर निर्वाचनमा जुट्न

करिब ६२ करोडको लागतमा भक्तपुर अस्पतालको भवन बन्दै

भक्तपुर– बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक एवं

अनशनरत स्वास्थ्यकर्मी र सरकारबीच पाँच बुँदे सहमति 

काठमाडौं– स्वास्थ्यकर्मीको आमरण अनशन सरकारसँगको पाँच बुँदे सहमतिपछि आइतबार साँझ