विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु « Khabarhub

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

बाँकेको डुडुवा गाउँपालिका–५ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँस्थित शिवराजपुर बस्ने बिमल घर्तिकी छोरी ३ वर्षीया दुर्गा घर्ती रहेकी छन् । उनको शनिबार दिउँसो मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

पाल्पाको पूर्वखोला गाउँपालिका–४ मंगलामा लु.४ त ७१९८ नम्बरको ट्रयाक्टर शनिबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक पुर्बखोला गाउँपालिका–२ राक्से बस्ने २२ वर्षीय कमल राना छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै सर्लाहीको गोडैता नगरपालिका–१ बहादुरपुरस्थित सडकमा भारतीय नम्बरप्लेटमा डिएल ४ सिए ०१९७ उल्लेखित गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने हरिन्द्र पासवानकी छोरी २ वर्षीया सुधा कुमारी रहेकी छन् । उनको शनिबार साँझ मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली चोकमा प्रदेश ३–०२–०१२ प ६३३५ नम्बरको मोटरसाइकल रेलिङमा ठोक्किएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–२ घर भई भक्तपुर गठ्ठाघर बस्ने २७ वर्षीय पुण्य बहादुर बोहराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नागरिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १ : ४६ बजे

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका