टर्कीमा गर्भवती श्रीमतीलाई भीरबाट खसाल्नेलाई जन्मकैदको सजाय « Khabarhub

टर्कीमा गर्भवती श्रीमतीलाई भीरबाट खसाल्नेलाई जन्मकैदको सजाय


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टर्कीमा आफ्नी गर्भवती श्रीमतीसँग सेल्फी खिचेको केही समयपछि उनलाई भीरबाट खसालेका एक पुरुषलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ । सन् २०१८ को जुनमा टर्कीको मुग्ला प्रान्तको बटरफ्लाइ भ्यालीमा सेमरा आयसललाई उनका श्रीमान् हाकान आयसलले १ हजार फिट अग्लो भीरबाट धकेलिदिएका थिए ।

अदालतमा पेस गरिएको प्रमाणअनुसार हाकानले जीवन बीमा पोलिसी जुटाउनको लागि सात महिनाकी गर्भवती श्रीमतीको हत्या गरेका थिए ।

हाकान आयसलले उचाइदेखि डराएकी आफ्नी श्रीमतीलाई सेल्फी खिच्ने बहानामा ३०४ मिटर अग्लो भीरको छेउमा लगेर धकेलिदिएका थिए ।

ती व्यक्तिले डरलाग्दो षड्यन्त्र गरेको र त्यसबापत पत्नीको तर्फबाट २५ हजार डलरको जीवन बीमा लिएको अदालतको फैसलामा उल्लेख छ । उनको मृत्युपछि ती व्यक्तिले तुरुन्तै बीमा दाबी गरेको न्युयोर्क पोस्टले जनाएको छ ।

उनकी श्रीमतीको मृत्युपछि उनको पोलिसीको एक मात्र लाभार्थी आयसलले उनको तर्फबाट जीवन बीमाको लागि आवेदन दिएका थिए । तर, प्रहरीले सेमराको मृत्युबारे अनुसन्धान घोषणा गर्दा निवेदन खारेज गरेको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  २ : ०८ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँले बढेको छ ।

एमाले महाधिवेशन तयारी : सचिवालय बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको पहिलो सचिवालय बैठक बसिरहेको छ

चार महिनामा थपियो ५५ अर्ब बढी सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड

जेन-जी लक्षित मन्त्री पुनको टिप्पणी : सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन

काठमाडौं – जेन–जी आन्दोलनको आडमा शिक्षामन्त्री बनेका महावीर पुनले जेनजीलाई

असन–इन्द्रचोकको तरकारी बजार (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको असन र इन्द्रचोक क्षेत्र देशकै प्रमुख र पुरानो