धमाधम भेडा मर्न थालेपछि म्याग्दीका किसान चिन्तित « Khabarhub

धमाधम भेडा मर्न थालेपछि म्याग्दीका किसान चिन्तित


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडखानी क्षेत्रमा किसानले पालेका भेडा धमाधम मर्न थालेका छन् । दुई महिनादेखि भेडाले घाँस नखाने, च्यापु सुन्निनेलगायतका लक्षण देखिएर मर्न थालेपछि ठूलो क्षति भएको स्थानीय भेडापालक किसान यामबहादुर छन्त्यालले बताए ।

दुई महिनामा किसान छन्त्यालका २४ भेडा मरेका छन् । साना पाठापाठीदेखि ठूला भेडाखसी मरेर क्षति पुगेको छन्त्यालले बताए । ठाडाखानीमा पूर्णबहादुर छन्त्यालले समेत आफ्ना १७ भेडा मरेका बताए । सो स्थानका करिब तीन दर्जन बढी घरमा परम्परागत रुपमा भेडापालन हुँदै आएको छ ।

भेडापालनको पकेट क्षेत्रका रुपमा त्यहाँ सिद्ध भेडापालन र मालिका भेडापालन दुई समूहमा आबद्ध भएर भेडापालन गरिँदै आएको छ । भेडा मर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत पशु चिकित्सकको टोलीगोठमै पुगेर भेडाबाख्राको स्वास्थ्य जाँच तथा रगतको नमूना सङ्कलन गरेको छ ।

कार्यालय प्रमुख जीवन आचार्यका अनुसार, भेडामा आन्तरिक र बाह्य परजीविको सङ्क्रमणका कारण भेडा मरेको बताए । उनले उपचारका लागि आवश्यक औषधि खरिद गर्न गाउँपालिकालाई आग्रह गरिएको बताए । “खोरमा भेडापालन भएकाले एउटै ठाउँमा सधैँ राखिरहने र खोरको उचित व्यवस्थापन नहुँदा किर्ना, जुकालगायतको समस्या बढी हुने गर्छ, किसानलाई खोरको सरसफाइ र भेडाको उचित हेरविचार गर्न समेत सुझाएका छौँ”, उनले भने ।

भेडापालक किसानको सुविधाका लागि गाउँपालिकाले डिपिङ ट्याङ्कीसमेत निर्माण गरेको तर, त्यसको प्रयोग नगरेका कारण भेडामा रोगको सङ्क्रमण देखिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । उपचारका लागि पशु चिकित्सकले दिएको रिपोर्टअनुसार आवश्यक पर्ने खोपलगायतका औषधि खरिद गर्ने तयारी गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  २ : ३९ बजे

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १०० पुग्यो, २८ प्रहरी सम्पर्कविहीन

काठमाडाैं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु

बाढीपछि सोनु सुदले भने : नेपाल एक्लो छैन

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय

भोटेकोशी बाढी : गाेरखामा १८ शव फेला

गोरखा – भोटेकोशीमा आज गएको बाढीले बगाएर ल्याएका १८ वटा

सरकारले माग्यो आर्थिक सहयोग, सार्वजनिक गर्‍यो खाता नम्बर

काठमाडौं – सरकारले रसुवा बाढीपछि राहत र उद्धारका लागि आर्थिक