वीर अस्पतालमा एलर्जीको कारण पत्ता लगाउने ‘स्कीन प्रिक टेष्ट’ सुरु « Khabarhub

वीर अस्पतालमा एलर्जीको कारण पत्ता लगाउने ‘स्कीन प्रिक टेष्ट’ सुरु


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वीर अस्पतालले एलर्जीको कारण पत्ता लगाउने ‘स्कीन प्रिक टेष्ट’ सेवा सुरु गरेको छ । अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. भुपेन्द्रकुमार बस्नेतले आइतबार यो सेवा सुरु गरिएको घोषणा गरेका हुन् ।

स्कीन प्रिक टेष्टबाट सबै खालको एलर्जीको कारण पत्ता लाग्छ । यो सेवा सञ्चालनमा ल्याउने वीरको नाक, कान, घाँटी रोग विभाग प्रमुख डा. अनिता जिसीले एलर्जी के कारणले भयो भन्ने यस परीक्षणबाट थाहा पाइने र त्यसले उपचारमा सजिलो हुने बताइन् ।

स्कीन प्रिक टेष्ट सेवामा एक खालको सियोले छालामा घोचेर शरीमा एलर्जी गराउने तत्व पठाइन्छ । सो तत्वले तत्कालै एलर्जीको रियाक्सन देखाउछ । त्यसबाट के कारणले एलर्जी भएको हो भनेर पत्ता लाग्छ ।

हाच्छिउँ आउने, नाक चिलाउने, छालामा बिमिरा आउने, नाक बन्द हुने लक्षण एलर्जीको कारणले पनि हुने गर्छ । ‘एलर्जीको आस्थामा पनि हुन्छ । छाला र पेटमा समेत समस्या हुने भएकाले सबै समस्याको समाधानका लागि हामीले स्कीन प्रिक टेष्ट गर्दछौँ र कारण सहज ढंगले पत्ता लगाउँछौँ,’ डा. जिसीले भनिन् ।

उनले सरकारी अस्पतालमा यो सेवा टिचिङ अस्पतालबाहेक अन्त नभएको बताइन् । उनले केही निजी अस्पतालमा यो सेवा भएपनि अत्यन्त महङ्गो रहेको उल्लेख गरिन । ‘हामीले यो सेवा २ हजार रुपैयाँमा दिदैछौँ । बाहिर निजी अस्पतालहरुमा यस्तो सेवा लिनका लागि १० हजार रुपैयाँ सम्म तिर्नुपर्ने बाध्यता छ,’ उनले भनिन् ।

प्रमुख कार्यकारी अधिकारी डा. बस्नेतले आम सर्वसाधारणको सहज पहुँच भएको वीर अस्पतालबाट अति विशिष्ट सेवा बढाउने क्रममा यो सेवा थपिएको बताए । उनले यो सेवा सुरु गर्न अहिले जनशक्ति पर्याप्त रहेको समेत बताए ।

उनले वीरमा इएनटीको ओपीडी हप्ताको छ दिन चले पनि अप्रेसनका लागि तीन दिन मात्रै छुट्याइएको र यसले लामो समय पालो नपाउने अवस्था रहेको बताए ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  २ : ५८ बजे

ड्रम बजाउने र नाच्ने मान्छेले वाचा पूरा गर्न नसकेपछि ‘भोट फिर्ता लैजाऊ’ भने : आनन्दप्रसाद ढुंगाना

काठमाडौं– नेपाली कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगानाले आफ्ना

तस्बिरमा हेर्नुहोस्, बाँसबारीमा भासिएको घर

काठमाडौं– काठमाडौँको बाँसबारीमा बिहीबार राति एक घर भासिएको छ ।  

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले

भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु

काठमाडौं–  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

ज्ञानेन्द्रको दाबीअनुसार वालेन्द्रले दर्शन गर्ने ‘खम्पा गुम्बा’ छ त मुस्ताङमा ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र