ललितपुर ३ का लागि एमालेद्वारा प्रतिबद्धतापत्र सार्वजनिक « Khabarhub

ललितपुर ३ का लागि एमालेद्वारा प्रतिबद्धतापत्र सार्वजनिक


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको सन्दर्भमा एमालेले ललितपुर ३ का लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । एमाले पोलिटब्यूरो सदस्य एवम् ललितपुर जिल्ला इन्चार्ज सुशीला नेपाल, सहइन्चार्ज एवम् केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अमृत खड्कालगायतले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

प्रतिबद्धता पत्रमा ‘ऐतिहासिक, सांस्कृतिक, हस्तकला र सभ्यताको धरोहर, हामी बनाउँछौ सुन्दर, समृद्ध, सम्पदाको ललितपुर सहर’ भन्ने नारा उल्लेख गरिएको छ । प्रतिबद्धतापत्रमा समग्र क्षेत्रको विकासको रेखाङ्कन गरिएको छ ।

जिल्ला इन्चार्ज सुशीला नेपालले एमालेका उम्मेदवारहरु विजयी भएपछिका पाँच वर्षमा प्रतिबद्धतापत्र कार्यान्वयन हुने दाबी गरिन् । ललितपुर ३ का उम्मेदवार अमृत खड्काले क्षेत्रका जनताका लागि सम्मानजनक, सुखी, समृद्ध जीवनयापनका अवस्था सिर्जना गर्न प्रतिबद्ध रहेको बताए ।

ललितपुर महानगरका २० र गोदावरी नगरपालिकाका दुई गरी २२ वटा वडा रहेको यो क्षेत्रमा एमालेको प्रतिबद्धतापत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, प्राचीन सम्पदा, सामाजिक सुरक्षा, महिला सशक्तीकरण, भौतिक र सामाजिक विकासलगायत विषय उल्लेख गरिएको छ ।

‘विदेशमा आर्जन गरेको ज्ञान, सीप र दक्षताको आधारमा स्वदेश फर्केर सोही पेसा व्यवसाय गर्न युवाहरुलाई प्रोत्साहन गर्नेछौं । उत्पादित वस्तुहरुलाई निर्यात गरी अन्तर्राष्ट्रिय रुपमा बजारीकरण गर्नेछौं, ’ प्रतिबद्धतापत्रमा भनिएको छ, ‘जेष्ठ नागरिक, फरक क्षमता भएका, एकल महिला, श्रमिक तथा असहायको सुरक्षाका लागि राज्यले दिने सुविधा लक्षित वर्गमा पुर्याउने र समय अनुकूल कार्य गर्नेछौं ।’

९४ हजार ११४ मतदाता रहेको यस क्षेत्रभित्र खोकना, बुङमति, हरिसिद्धि, सुनाकोठी, ठेचो, धापाखेल, ठैबलगायतका क्षेत्रका ऐतिहासिक सम्पदा छन् । ती क्षेत्रका जनताको जीवन स्तर उकास्न र युवा पलायनलाई जोगाउन ठोस कदम चाल्ने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ३ : ४१ बजे

महिला महामन्त्रीमा डिला संग्रौला र डिना उपाध्यायको उम्मेदवारी

 काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदका लागि दुई नेतृको

ट्रकलाई ओभरटेक गर्दा मोटरसाइकल चालकको मृत्यु

चितवन– रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने

महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी दर्ता

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला उपसभापति पदका लागि पुष्पा भुसालले

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष