सोलुखुम्बुको विकास र समृद्धिका लागि काम गर्ने उम्मेदवारलाई जिताउनुपर्छ : कांग्रेस नेता केसी | Khabarhub Khabarhub

सोलुखुम्बुको विकास र समृद्धिका लागि काम गर्ने उम्मेदवारलाई जिताउनुपर्छ : कांग्रेस नेता केसी


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता बलबहादुर केसीले सोलुखुम्बुको विकास र समृद्धिका लागि काम गर्न सक्ने उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरेका छन् । सोलुखुम्बुमा आयोजित बृहत् चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू ४०/४५ वर्षदेखि सोलुको विकास र समृद्धिका लागि काम गर्दै आएको बताए । उनी सोलुखुम्बुमा सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् ।

सोलुको सडक निर्माणसहितका काम गर्ने बाचा गरेका उनले सामाजिक एकता, विकास र समृद्धि गर्ने उम्मेदवारलाई मत दिनुपर्ने र यसका लागि आफू योग्य रहेको दाबी गरे । सामाजिक एकता विथोल्ने षड्यन्त्र भइरहेकोप्रति सचेत रहन आग्रह गर्दै उनले आफू केन्द्रीय तहसम्म सजिलै पहुँच राख्ने व्यक्ति भएकाले सोलुखुम्बुको विकासका लागि योजना ल्याउन सकिने दाबी गरे ।

६ पटक चुनावी प्रतिस्पर्धामा उनी चारपटक निर्वाचित भएका थिए । ‘मैले ६ पटक चुनाव लडेँ । चारपटक जिताउनु भयो, दुईपटक पराजित भएँ,’ नेता केसीले भने, ‘तपाईंहरुलाई थाहा नै छ, म निर्वाचित हुँदा सोलुको विकास भएको । पराजित हुँदा कति विकास भयो ? हेर्नु भएकै छ, सोलुको विकासकै लागि भए पनि मैले चुनाव जित्नुपर्ने विगतले पाठ दिएको छ ।’

पाँचदलीय गठबन्धनको साझा उम्मेदवार रहेकाले पनि आफू निर्वाचित हुने दाबी गर्दै उनले भने, ‘मलाई कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजावादी अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले मलाई चुनावमा लड्नु भन्नुभयो । म पाँच दलको साझा उम्मेदवार हुँ । पाँच दलको सहयोगमा मैले चुनाव जित्छु नै, यसपछि सोलुको विकासका लागि गर्नुपर्ने बाँकी काम गर्छु ।’

विभिन्न आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताएका उनले संविधान र गणतन्त्र नै जोखिममा परेपछि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहितका दलहरुको गठबन्धन बनेको बताए । संविधान र गणतन्त्रको रक्षाका लागि आगामी ४ मंसिरको निर्वाचनमा गठन्बन्धनका उम्मेदवारलाई मत दिएर जिताउन उनले सबैमा आग्रह गरे ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ३ : ४६ बजे

मिडियाको स्वेट शेयर लिएँ, काम गरेँ, छाडेर गएँ, भएको यत्ति हो : गृहमन्त्री

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले गोर्खा मिडिया

कांग्रेसलाई रविको प्रश्न : मैले गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठाउनेले प्रधामन्त्रीको अफर किन गरेको ?

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले डेढ वर्षका

टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  कैलाली मालपोत कार्यालयका  तत्कालीन प्रमुख

रविको जवाफ : सहकारी ठगीमा म संलग्न छैन, कहीँ कतै अभियोग लगाइएको छैन

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा

सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुन्छ : नगर प्रमुख कोइराला

विराटनगर– विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नियम विपरीत सञ्चालित सहकारीमाथि