शेयर बजारमा हरियाली, नेप्से २.२५ प्रतिशतले बढ्यो « Khabarhub

शेयर बजारमा हरियाली, नेप्से २.२५ प्रतिशतले बढ्यो


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक उकालो लागेको छ । आज नेप्से परिसूचक २.२५ प्रतिशतले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५.३६ विन्दुमा पुगेको छ ।

साथै ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्समा २.१३ प्रतिशतले वृद्धि भई ८.०९ अंकले बढेर ३८७.५२ विन्दुमा पुगेको छ । बिहीबार भने नेप्से परिसूचक ०.८३ अंकले घटेको थियो ।

यस्तै ३९ लाख १३ हजारभन्दा बढीको सेयर किनबेच हुँदा एक अर्ब ५४ करोड आठ लाख ३२ हजार ५६१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

म्युचुअल फण्डबाहेक सबै कम्पनीको कारोबार बढेको छ । माइक्रोफाइनान्स १९६.२, जीवन बिमा ९५.०९, विकास बैंक ९१.०५, हाइड्रो पावर ६६.६८, होटल तथा पर्यटन ६१.१८, बैंकिङ ११.३९, ट्रेडिङ ५२.८४, फाइनान्स ६४.६९, निर्जीवन बिमा १३३.२६ र अन्य ५६.७६ अंकले बढेको छ ।

आइतबार १८६ कम्पनीको कारोबार भएकोमध्ये १८५ कम्पनीमा वृद्धि भएको छ भने एउटा मात्र कम्पनी घाटेको छ ।  मानुषी लघुवित्त वित्तीय संस्था १०६.३०, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था ३०९.९० र एनइएसडिओ समृद्ध लघुवित्त वित्तीय संस्था २८८.५० अंकले वृद्धि भएको छ ।

एनइएसडिओ समृद्ध लघुवित्त वित्तीयको सेयर किनबेच गर्दा १० करोड १४ लाख ९६ हजार कढी र एभरेष्ट बैंकमा भने सात करोड नौ लाख एक हजारभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ४ : ५२ बजे

मधेशलाई आत्मसात नगरी पूर्ण नेपाली बन्न सकिँदैन : गगन थापा 

सर्लाही– नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशप्रति आफ्नो प्रतिबद्धता व्यक्त

निर्वाचन आयोगमै उम्मेदवारहरूको अपूरो परिचय, मतदाताले कसरी चिन्ने ?

निर्वाचन आयोगले माघ ९ गते प्रत्यक्षतर्फका ३ हजार ४ सय

पूर्वराजा शाह जनकपुरमा

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरस्थित जानकी मन्दिरको दर्शन गरेका छन्

चन्द्रकला पौडेललाई बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा काम

प्रतिनिधिसभाको निर्वाचनमा सरकार र ६ हजार बढी उम्मेदवारको औपचारिक खर्च नै ३७ अर्ब बढी हुने

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा औपचारिक रूपमा