लामो समयदेखि फोहोर नउठ्दा उपमहानगर कार्यालयमा तालाबन्दी | Khabarhub Khabarhub

लामो समयदेखि फोहोर नउठ्दा उपमहानगर कार्यालयमा तालाबन्दी


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बारा- जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुर क्षेत्रमा लामो समयदेखि फोहोर नउठेको भन्दै स्थानीयवासीले उपमहानगरपालिका कार्यालयमा ताला लगाएका छन् ।

फोहोर नउठ्दा पुरै बस्ती दुर्गन्धित भएको र समस्या समाधान गर्न उनीहरूले दबाबस्वरुप तालाबन्दी गरेका हुन् । यसअघि उपमहानगरलाई फोहोर उठाउन पटक पटक आग्रह गर्दा समेत बेवास्ता गरेको उनीहरूको गुनासो छ ।

ताला लगाउन जनप्रतिनिधिहरू समेत सहभागी थिए । उनीहरूले नगर प्रमुख राजन पौडेलले फोहोर व्यवस्थापनको विषयलाई बेवास्ता गरेको बताए । नगर प्रमुख पौडेलले निर्वाचन कार्यालय क्षेत्र ४ का प्रमुख कर्ण राई र इलाका प्रहरी कार्यालय सिमराका प्रमुख युवराज तिमल्सिनाको सहयोगमा विरोधमा उत्रिएका जितपुरसिमरा उपमहानगरपालिका–७ का वडा अध्यक्ष सुनिल गुप्तालाई पक्राउ गरेपछि स्थानीयले जितपुर बजारमा चक्काजाम समेत गरेका छन् ।

उनीहरूले आज सामान्य रूपमा उपमहानगरपालिकाको ध्यानाकर्षण गराउन गरेको कार्यक्रममा नगर प्रमुख पौडेलले प्रहरी लगाएर पक्राउ गरेको भन्दै सडकमा प्रदर्शन गर्दै फोहोर व्यवस्थापन गर्न र वडा अध्यक्ष गुप्तालाई रिहाइ गर्न माग गरेका हुन् ।

स्थानीय रामबाबु यादवका अनुसार पटक पटक नगर सरसफाइका लागि मेयरलाई भनेर थाकिसके पनि कुनै सुनवाइ नभएपछि ताला लाउन बाध्य भएको बताए ।

फोहोर व्यवस्थापनका लागि अहिलेसम्म कुनै पहल नभएको यादवको भनाइ छ । ‘हामी कार्यालयमा दबाब दिँदा दिँदा थाकिसक्यौँ । सफा गर्छौँ भनेर आश्वासन मात्रै पाइयो, काम हुनै नसकेपछि ताला लगाएका हौँ ।उपमहानगरपालिकाका नगर प्रमुख पौडेलले उल्टै प्रहरी लगाएर वडा अध्यक्ष पक्राउ गर्न लगाए । यसबाट समेत प्रष्ट हुन्छ की नगर फोहोर व्यवस्थापनमा ध्यान दिँदैन ।’

प्रहरीले भने जितपुरसिमरा उपमहानगरपालिकाको भवनमा यस क्षेत्रको निर्वाचन कार्यालय रहेको र निर्वाचन कार्यालय प्रमुखले तालाबन्दी गरेको भन्दै खबर गरेकाले वडा अध्यक्षलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ४ : ५५ बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र