थ्रिडी कमिक बुक सार्वजनिक | Khabarhub Khabarhub

थ्रिडी कमिक बुक सार्वजनिक


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शान्तिको डायरी नामक थ्रिडी कमिक बुक सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्डमा आज आयोजित कार्यक्रममा शैक्षिक र प्राविधिक विषय समावेश यस बुक विमोचन भएको हो ।

वरिष्ठ समाजसेवी तथा लेखिका भद्रकुमारी घलेले उक्त पुस्तक सार्वजनिक गरेकी हुन् । पुस्तक पढ्न थ्रिडी चश्मा आवश्यक पर्ने रुपक क्रियशन प्रालिका अध्यक्ष रुपक शाक्यले बताए ।

उनका अनुसार किताब आफैमा नौलो र आधुनिक रहेको र यसभित्रका चित्रहरू नेपालको एतिहासिक कलाले भरिपूर्ण रहेको छ । बुकमा साहसिक र थ्रिलर कथावस्तु समेटिएको छ ।

शाक्यका अनुसार शान्तिको डायरी थ्रिडी कमिक बुक निर्माण गर्नुको उदेश्य कथाभित्र रहेको पात्रहरूलाई वास्तविक तवरले महसुस गरी कथामा डुब्नु हो । साथै, प्रविधिको आनन्द उठाई भरपुर रमाइलो महसुस गर्नु पनि हो ।

पुस्तकभित्र एक योगीको जीवनीलाई चित्रण गरिएको छ जो आफ्नो साहसिक यात्रामा आउने हरेक उतारचढावलाई डटेर अगाडि बढ्दै जान्छन् र असंख्य कष्टको सामना गर्दै लक्ष्य पार गर्न खोज्छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ४ : ५८ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई