पाकिस्तानमा ६ सय ५० शिक्षिकाले दुई वर्षदेखि तलब पाएनन् « Khabarhub

पाकिस्तानमा ६ सय ५० शिक्षिकाले दुई वर्षदेखि तलब पाएनन्


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानका ६ सय ५० शिक्षिकाले दुई वर्षदेखि तलब प्राप्त नगरेको पाइएको छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार पञ्जाब प्रान्तको मुजफरगढका शिक्षिकालाई दुई वर्षदेखि तलब दिइएको छैन ।

आधारभूत शिक्षा सामुदायिक विद्यालय एवम् राष्ट्रिय मानवविकास आयोगद्वारा सञ्चालित विद्यालयमा कार्यरत महिला शिक्षिकाहरुले तलब नपाएका हुन् । उनीहरुले सरकारले आफूहरुको बेवास्ता गरेको र आफ्नो आर्थिक अवस्था झन झन खराब बन्दै गएको समेत बताएका छन् ।

अनौपचारिक विद्यालयमा अध्यापन गराउँदै आएकी अजरा बिबीले आफूले दुई वर्षदेखि तलब नपाएको बताइन् । उनले स्थानीय पसलबाट उधारोमा सामान किन्ने गरेको बताउँदै तलब नपाउँदै साहुको ऋण समेत तिर्न नसकेको गुनासो गरिन् ।

उनले सरकारी अधिकारीहरुले तलब उपलब्ध गराउने बाचा गरेको भएपनि त्यो बाचा पूरा नगरेको बताइन् । पञ्जाब सरकारले आर्थिक वर्ष २०२१–०२२ का लागि यस्ता अनौपचारिक विद्यालयलाई भनेर १ अर्ब ६१ करोड पाकिस्तानी रुपैयाँ बजेट छुट्याएको जनाइएको छ ।

यद्यपि शिक्षिकाहरुले भने तलब पाएका छैनन् । पञ्जाबमा अनौपचारिक विद्यालयमा ७ हजारभन्दा धेरै महिला शिक्षिका कार्यरत रहेको डनले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ३ : २७ बजे

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर