निर्वाचनमा जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न प्रधानसेनापतिको निर्देशन « Khabarhub

निर्वाचनमा जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न प्रधानसेनापतिको निर्देशन


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्माले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त निर्वाचन सुरक्षासम्बन्धी जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिएका छन् ।

रुपन्देहीको मध्यपश्चिम पृतना हेडक्वाटरर कैलाली जिल्लाको तेघरीस्थित सुदूर पश्चिम पृतना हेडक्वाटर तथा दाङ्गको रणसिंहदल गणको आज निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति शर्माले उक्त निर्देशन दिए । प्रधानसेनापति शर्माले निरीक्षण भ्रमणका दौरान ती पृतनाको वर्तमान अवस्था, जिम्मेवारी ईलाका, प्रदेशहरूसँगको समन्वयलगायत आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको एकीकृत सुरक्षा योजनाका साथै गणको वस्तुस्थितिका बारेमा समेत जानकारी लिए ।

उनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ को सुरक्षार्थ कपिलवस्तु जिल्लास्थित चन्दौटा ईलाकामा नेपाली सेनाद्वारा स्थापना गरेको कम्पनी अपरेटिङ बेसको पनि निरीक्षण भ्रमण गरी आवश्यक निर्देशन दिए नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ९ : १४ बजे

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र

ग्रोकमाथि ईयूको अनुसन्धान

एजेन्सी– युरोपेली सङ्घ (ईयू) ले सोमबार एलन मस्कको स्वामित्वमा रहेको

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले