प्रम देउवाको चुनावी सभा : ‘भावी मुख्यमन्त्रीको चर्चादेखि विकासको योजनासम्म’ | Khabarhub Khabarhub

प्रम देउवाको चुनावी सभा : ‘भावी मुख्यमन्त्रीको चर्चादेखि विकासको योजनासम्म’


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा – चार दिनदेखि गृहजिल्ला डडेल्धुरामा आसन्न मङ्सिर ४ गते हुने निर्वाचन लक्षित चुनावी सभामा रहनुभएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज यहाँको भित्रीमधेशका दुई पालिकामा सम्बोधन गरे ।

दिउँसो आलिताल गाउँपालिकाको गोदाम बजार नजिक आयोजित चुनावी सभा सम्बोधनपछि प्रधानमन्त्री देउवाले परशुराम नगरपालिकाको जोगबुढामा अर्को चुनावी सभालाई सम्बोधन गरे ।

प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौँ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । यसपटक सत्ता गठबन्धनको साझा उम्मेदवार समेत रहेका प्रधानमन्त्री देउवाले आफ्नो सम्बोधनका क्रममा आसन्न निर्वाचनपछि गठबन्धनको सरकार बन्ने र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा (माओवादी केन्द्र) का नेता तथा डडेल्धुराबाट प्रदेशसभा १ का उम्मेदवार रहनुभएका खगराज भट्टलाई बनाउने बताए ।

‘मेरो पार्टीले पनि भने त भइहाल्यो नि १ यसपछि गठबन्धनको सरकारमा मुख्यमन्त्री खगराज भट्ट नै हो’, जोगबुढा सभामा बोल्दै देउवाले भने, ‘तपाईंहरू जिताएर पठाउनुस् ।’ राष्ट्रिय राजनीतिदेखि डडेल्धुराका साथै सुदूरपश्चिमको विकासका विषयमा समेत बोल्दै देउवाले यहाँ गठबन्धनले जिते सुदूरपश्चिममा विकास धेरै हुने बताए ।

परशुराम नगरपालिका–५ परिगाउँस्थित महाकाली नदीमा पक्की पुल बनाउन भारतीय प्रधानमन्त्रीसित कुराकानी गर्ने उनको भनाइ थियो । त्यसका साथै दैजी–जोगबुढा सडक, बुडर–जोगबुढा सडक कालोपत्रे, यहाँका खोलानालामा पुल निर्माणका साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्दै लैजाने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

आसन्न निर्वाचनपछि गठबन्धनको सरकार बने मात्रै लोकतन्त्र र समावेशीतन्त्र हरण गर्न नसक्ने व्यवस्था हुने उनले बताए ।

त्यसैगरी जोगबुढाको चुनावी सभामा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेसको नेतृत्वमा सरकार बनेपछि अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित भएको बताए । आसन्न निर्वाचनमा सशक्त सरकार आएपछि मुलुक समृद्धिको दिशामा अघि बढ्ने उनले स्पष्ट पारे ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ९ : २३ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले