मतदातालाई जागरुक बनाउन नमूना मतदान « Khabarhub

मतदातालाई जागरुक बनाउन नमूना मतदान


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल बनाउन मकवानपुर जिल्लामा नमूना मतदान कार्य सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौँडाद्वारा प्रथम पटक मकवानपुरको बाग्मती गाउँपालिकास्थित झुरझुरेमा आज नमूना मतदान गरेको जनाएको छ ।

मतपत्र बदर हुन नदिने उद्देश्यले आयोजना गरिएको नमूना मतदानबाट मतदातालाई कति ठाउँमा मतदान दिने र कसरी मतदान गर्ने भनेर जागरुक बनाउन कार्यक्रम गरिएको कार्यालयका कार्यालय प्रमुख लुम्वनाथ पोखरेलले जानकरी दिए । त्यहाँ नमूना मतदानमा महिला र पुरुष गरी ५३ जना मतदाता सहभागी रहेका थिए ।

नमूना मतदानका क्रममा प्रतिनीधिसभा प्रत्यक्षको मात्र मतगणना गरिएको थियो । जसमा खसेको ५३ मतमा ५२ वटा मत सदर भएको थियो भने एक मत बदर भएको प्रमुख पोखरेलले भने । यसपछि मकवानपुरको वकैया गाउँपालिकालगायत विभिन्न स्थानमा नमूना मतदान हुने सो कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १० : ५३ बजे

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र

ग्रोकमाथि ईयूको अनुसन्धान

एजेन्सी– युरोपेली सङ्घ (ईयू) ले सोमबार एलन मस्कको स्वामित्वमा रहेको

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले