समानुपातिकको मतगणना आजै सक्ने आयोगको तयारी « Khabarhub

समानुपातिकको मतगणना आजै सक्ने आयोगको तयारी


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले आजसम्ममा समानुपातिकतर्फको मतगणना सक्ने तयारी गरेको छ। मङ्सिर ४ गते देशभर र स्थागित भएका केही ठाउँमा त्यसको केही दिनमै मतदान भएको थियो।

पुनः मतदान भएको दोलखा र बाजुरामा मतगणना स्थगित भएका कारण गणनामा केही ढिलाइ भए पनि प्रत्यक्ष तर्फको १६५ क्षेत्रकै नतिजा सार्वजनिक भइसकेको छ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाको समानुपातितर्फ नेकपा (एमाले)ले सबैभन्दा धेरै २८ लाख १० हजार ४ सय ४१ मत ल्याएर पहिलो दल बनेको छ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले २६ लाख ८४ हजार ६ सय ५७ मत पाएको छ। सत्ता गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६३ हजार ७ सय ६० मत पाएको छ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ६ सय ७० मत प्राप्त पाएको छ।

आजसम्म सम्पूर्ण मतगणना सकिएपछि बाँकी प्रक्रिया सुरु गर्ने तयारी आयोगले गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

समानुपातिकतर्फ एमाले पहिलो दल भए पनि प्रत्यक्षतर्फ नेपाली कांग्रेस ५७ सिटमा विजयी हुँदै पहिलो दल बनेको छ।
प्रत्यक्षतर्फ एमालेले ४४ सिट जितेको छ भने माओवादी केन्द्रले १८ सिटमा चित्त बुझाउनु परेको छ।

जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पाटी, राष्ट्रिय स्वतन्त्र पार्टी ७–७ सिट मा विजयी भएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४ सिट मात्र पाएको छ भने नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेको छ।

राष्ट्रिय जनमोर्चाले, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टीले १–१ सिट जित्दा पाँच जना स्वतन्त्र उम्मेद्वार विजयी भएका छन्।

प्रत्यक्षतर्फ प्रदेश सभामा कांग्रेसले १ सय ११, एमाले ९१, माओवादी केन्द्र ५३, नेकपा (एकीकृत समाजवादी) १५, जसपा १०, राप्रपा ११, लोसपा ९, नागरिक उन्मुक्ति पार्टी ५, जनमत पार्टी ७, नेमकिपा र हाम्रो पार्टी नेपाल १–१ सिटमा विजयी भएका छन्। प्रदेश सभातर्फ १२ जना स्वतन्त्र उम्मेदवारहरूले जितेका छन्।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ७ : ३४ बजे

प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा

काठमाडौँ – प्याराग्वेसँग कडा प्रतिस्पर्धाबीच ०–० गोलको बराबरी खेल्दै अस्ट्रेलिया

सोबितालाई समर्थन गर्दै समीक्षाले फिर्ता लिइन् उपसभापतिको उम्मेदवारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को खुला उपसभापति पदकी उम्मेदवार समीक्षा

विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित

काठमाडौँ – जारी विश्वकपको समूह चरणबाटै बाहिरिसकेको टर्कीले आफ्नो अन्तिम

लागूऔषधको ‘सप्लाई–चेन ब्रेक’ गर्न गृहमन्त्री गुरुङको प्रहरीलाई निर्देशन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले क्षणिक मनोरञ्जनका लागि प्रयोग गरिने

प्रतिनिधिसभा बैठक : पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।