पेट दुख्ने समस्या निराकरणका लागि ४ घरेलु उपाय « Khabarhub

पेट दुख्ने समस्या निराकरणका लागि ४ घरेलु उपाय


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – व्यस्त जिवनशैली तथा दूषित खानपान । तनावले भरिएको जीवनका कारण पछिल्लो समय मानिसहरुको जीवन अनेक प्रकारका स्वास्थ्य समस्याहरुले सताउने गर्छ । यी समस्यामध्ये पेट दुखाई पनि एक हो । पेट दुख्ने समस्या अहिलेको समयमा सामान्य बानी सकेको छ । तर, अहिलेको समय भनेको यस्तो समय हो । जहाँ अधिकांश मानिसहरु घरमै छन् ।

पेट दुखेमा बजारमा विभिन्न प्रकारका औषधिहरु पाइनछन् । तर, बजारमा पाइने औषधिको प्रयोग भन्दापनि पेट दुखेमा सकेसम्म घरेलु उपाय नै अपनाउँदा महत्वपूर्ण मानिन्छ । किनकी कतिपय यस्ता औषधि पनि छन्, जसको प्रयोगले तपाईंको पेटको समस्या निको हुनुको साटो झन बढाउन सक्छ । त्यसैले सकेसम्म घरेलु उपाय र औषधि कै प्रयोग गर्नु उत्तम मानिन्छ ।

त्यसका लागि आयुर्वेदमा यस्ता अनेक घरेलु उपचारका उपायहरु छन्, जसले घरमै बसेर आफ्नो पेट दुख्ने समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

१. तुलसी
तुलसी एक यस्तो विरुवा हो जसलाई धर्तीमा अमृत भन्ने गरिन्छ । तुलसीको सेवनले शरीरमा भएका अनेक रोगहरु निको हुने गर्छ । पेट दुखाईको लागि पनि तुलसी निकै नै लाभकारी मानिन्छ ।

मात्र १ चम्चा तुलसीको रस पिउनाले पेट दुखाई निको हुने र पेट बटारेको पनि निको हुन्छ । तुलसीको पातलाई काढा बनाएर पिउनाले झाडापखाला र कब्जियत जस्ता समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ । तुलसीको ४ वटा पातलाई नियमित सेवन गर्नाले विभिन्न प्रकारका समस्याबाट राहत पाउन सकिन्छ ।

२. त्रिफला
अनियमित खानपान बढ्दो फास्ट फूड खाने चलनका कारण मानिसमा कब्जियतको समस्या निकै नै बढि देखिन थालेको छ । त्रिफला आयुर्वेदको अनमोल उपहार हो । त्रिफलाले कब्जियतको समस्यामा निकै नै फाइदा पुर्याउँछ ।

त्रिफला तीन जडिबुटिको मिश्रणले बन्छ । त्रिफलाको एक सय ग्राम चूर्ण र ६० ग्राम चिनी मिसाएर दिनमा दुई पटक सेवन गर्नाले पेटको सबै समस्याबाट राहत पाउन सकिन्छ ।

३. बेथे
अहिले जाडो मौसम चलिरहेको छ । यो मौसममा बेथेको साग सजिलै बजारमा पाउन सकिन्छ । बेथेको साग पनि पेटको समस्यामा रामवाण मानिन्छ ।

यसले आमाशयमा शक्ति प्रदान गर्छ । कब्जियतको समस्यामा राहत दिलाउँछ । बेथेको सागले पेट सँग सम्बन्धित समस्याबाट छुट्कारा दिलाउनुका साथै शरीरलाई शक्ति पनि प्रदान गर्ने काम गर्छ ।

शरीरमा फुर्ति पनि रहिरहन्छ । बेथेको रस, उमालेको सागको पानी पिउनाले पनि पेट सँग सम्बन्धित सबै प्रकारका रोग, ग्यास्ट्रिक, दुखाई, कब्जियत, निको हुन्छ ।

सौंफ

सौंफको प्रयोग प्रायःजसो खाना खाइसकेपछि गर्ने गरिन्छ । खाना खाइसकेपछि मुख गन्हाउने समस्याबाट राहत पाउनका लागि सौंफ खाने गरिन्छ । तर, सौंफको फाइदाबारे जानेर तपाईं आश्चर्यमा पर्न सक्नु हुन्छ ।

सौंफको सेवनले पेटको समस्यामा राहत दिलाउनुका साथै यसले हाम्रो शरीरमा अन्य फाइदा पनि पुर्याउँछ । सौंफलाई मसालाको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसलाई पानीमा उमालेर सेलाएर पानी पिउनु बढि फाइदाजनक हुन्छ ।

दिनमा तिन पटक उक्त मिश्रण पिउनाले अपच र कफको समस्याबाट छुट्कारा पाउन सकिन्छ । त्यति मात्र नभई पेट दुखेको अवस्थामा सौंफलाई भुटेर चपाएर खानाले पेट दुखाई निको हुन्छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  १२ : ५६ बजे

दुग्ध किसानलाई समयमा भुक्तानी दिन माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले दुग्ध किसानले समयमा भुक्तानी नपाएकोदेखि

प्रधानमन्त्रीको सुन आर्जनको स्रोत के हो ? : आङ्देम्बे

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता

संविधानका आधारभूत संरचना यथावत राखेर संशोधन गर्नुपर्छ : हर्कराज राई

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संविधानका आधारभूत संरचनालाई यथावत

नेपालमा हान्टाभाइरसको स्वास्थ्य जोखिम छैन : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा हान्टाभाइरस सम्बन्धी

हमासद्वारा गाजाको प्रशासनिक निकाय विघटन गर्ने निर्णय

गाजा – करिब दुई दशकदेखि गाजा पट्टीको प्रशासन सञ्चालन गर्दै आएको