पेट दुख्ने समस्या निराकरणका लागि ४ घरेलु उपाय | Khabarhub Khabarhub

पेट दुख्ने समस्या निराकरणका लागि ४ घरेलु उपाय


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – व्यस्त जिवनशैली तथा दूषित खानपान । तनावले भरिएको जीवनका कारण पछिल्लो समय मानिसहरुको जीवन अनेक प्रकारका स्वास्थ्य समस्याहरुले सताउने गर्छ । यी समस्यामध्ये पेट दुखाई पनि एक हो । पेट दुख्ने समस्या अहिलेको समयमा सामान्य बानी सकेको छ । तर, अहिलेको समय भनेको यस्तो समय हो । जहाँ अधिकांश मानिसहरु घरमै छन् ।

पेट दुखेमा बजारमा विभिन्न प्रकारका औषधिहरु पाइनछन् । तर, बजारमा पाइने औषधिको प्रयोग भन्दापनि पेट दुखेमा सकेसम्म घरेलु उपाय नै अपनाउँदा महत्वपूर्ण मानिन्छ । किनकी कतिपय यस्ता औषधि पनि छन्, जसको प्रयोगले तपाईंको पेटको समस्या निको हुनुको साटो झन बढाउन सक्छ । त्यसैले सकेसम्म घरेलु उपाय र औषधि कै प्रयोग गर्नु उत्तम मानिन्छ ।

त्यसका लागि आयुर्वेदमा यस्ता अनेक घरेलु उपचारका उपायहरु छन्, जसले घरमै बसेर आफ्नो पेट दुख्ने समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

१. तुलसी
तुलसी एक यस्तो विरुवा हो जसलाई धर्तीमा अमृत भन्ने गरिन्छ । तुलसीको सेवनले शरीरमा भएका अनेक रोगहरु निको हुने गर्छ । पेट दुखाईको लागि पनि तुलसी निकै नै लाभकारी मानिन्छ ।

मात्र १ चम्चा तुलसीको रस पिउनाले पेट दुखाई निको हुने र पेट बटारेको पनि निको हुन्छ । तुलसीको पातलाई काढा बनाएर पिउनाले झाडापखाला र कब्जियत जस्ता समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ । तुलसीको ४ वटा पातलाई नियमित सेवन गर्नाले विभिन्न प्रकारका समस्याबाट राहत पाउन सकिन्छ ।

२. त्रिफला
अनियमित खानपान बढ्दो फास्ट फूड खाने चलनका कारण मानिसमा कब्जियतको समस्या निकै नै बढि देखिन थालेको छ । त्रिफला आयुर्वेदको अनमोल उपहार हो । त्रिफलाले कब्जियतको समस्यामा निकै नै फाइदा पुर्याउँछ ।

त्रिफला तीन जडिबुटिको मिश्रणले बन्छ । त्रिफलाको एक सय ग्राम चूर्ण र ६० ग्राम चिनी मिसाएर दिनमा दुई पटक सेवन गर्नाले पेटको सबै समस्याबाट राहत पाउन सकिन्छ ।

३. बेथे
अहिले जाडो मौसम चलिरहेको छ । यो मौसममा बेथेको साग सजिलै बजारमा पाउन सकिन्छ । बेथेको साग पनि पेटको समस्यामा रामवाण मानिन्छ ।

यसले आमाशयमा शक्ति प्रदान गर्छ । कब्जियतको समस्यामा राहत दिलाउँछ । बेथेको सागले पेट सँग सम्बन्धित समस्याबाट छुट्कारा दिलाउनुका साथै शरीरलाई शक्ति पनि प्रदान गर्ने काम गर्छ ।

शरीरमा फुर्ति पनि रहिरहन्छ । बेथेको रस, उमालेको सागको पानी पिउनाले पनि पेट सँग सम्बन्धित सबै प्रकारका रोग, ग्यास्ट्रिक, दुखाई, कब्जियत, निको हुन्छ ।

सौंफ

सौंफको प्रयोग प्रायःजसो खाना खाइसकेपछि गर्ने गरिन्छ । खाना खाइसकेपछि मुख गन्हाउने समस्याबाट राहत पाउनका लागि सौंफ खाने गरिन्छ । तर, सौंफको फाइदाबारे जानेर तपाईं आश्चर्यमा पर्न सक्नु हुन्छ ।

सौंफको सेवनले पेटको समस्यामा राहत दिलाउनुका साथै यसले हाम्रो शरीरमा अन्य फाइदा पनि पुर्याउँछ । सौंफलाई मसालाको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसलाई पानीमा उमालेर सेलाएर पानी पिउनु बढि फाइदाजनक हुन्छ ।

दिनमा तिन पटक उक्त मिश्रण पिउनाले अपच र कफको समस्याबाट छुट्कारा पाउन सकिन्छ । त्यति मात्र नभई पेट दुखेको अवस्थामा सौंफलाई भुटेर चपाएर खानाले पेट दुखाई निको हुन्छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  १२ : ५६ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले