रोनाल्डो किन्‍न साउदी क्लबले २० करोड युरो खर्च गर्ने « Khabarhub

रोनाल्डो किन्‍न साउदी क्लबले २० करोड युरो खर्च गर्ने


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई लिन साउदी अरेबियन क्लब अल नासर इच्छुक देखिएको छ।

कतार फिफा विश्वकपमा व्यस्त रहेका पोर्चुगलका कप्तानलाई अनुबन्ध गर्न साउदी क्लब अल नासर मोटो रकम खर्च गर्न तयार छ।

नासरले रोनाल्डोको लागि २० करोड युरो खर्च गर्न तयार भएको हो। उनले सम्झौता एक वर्षको गर्ने बताएको छ। ३७ वर्षीय रोनाल्डो म्यानचेस्टर युनाइटेड छोडेदेखि ‘फ्रि एजेन्ट’ छन्।

पछिल्लो समय टोली व्यवस्थापक र प्रशिक्षक टेन हागसँग सम्बन्ध सुमधुर नभएपछि रोनाल्डोले क्लब छाडेका हुन्।

गत समरमै क्लबले कीर्तिमानी ३०५ मिलियन युरो खर्च गर्न चाहेको थियो। तर, रोनाल्डोले त्यसमा कुनै सहमति जनाएनन्। हाल भने रोनाल्डो विश्वकपमा केन्द्रित छन्। उनी सम्मिलित टोलीले आज राति स्विट्जरल्यान्डसँग खेल्दैछ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ९ : ३१ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा