दमकका सबै वडामा एमाले निर्वाचन परिचालन कार्यलय, कार्यकर्ता मतदाताको घरघर जाने « Khabarhub

दमकका सबै वडामा एमाले निर्वाचन परिचालन कार्यलय, कार्यकर्ता मतदाताको घरघर जाने


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

दमक – नेकपा एमालेले झापा क्षेत्र नम्बर प्रतिनिधिसभा निर्वाचन परिचालन कमिटीअन्तर्गत दमक नगरपालिकाका १० वटै वडामा वडास्तरीय कार्यालय सञ्चालनमा ल्याएको छ ।

अब पार्टीका हरेक कार्यकर्ता मतदाताका घर-घर गएर एमालेलाई मतदान गर्न सम्झाउने भएका छन् । यसअघि नै एमालेले भेलासमेत आयोजना गरेर मतदातालाई पार्टी अध्यक्ष एवम् झापा ५ का उम्मेदवार केपी शर्मा ओलीलाई मतदान गर्न प्रचार सुरू गरिसकेको निर्वाचन परिचालन कमिटी संयोजक देवेन्द्र दाहालले बताए।

दमक नगरपालिकाभित्रका सबै वडामा निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि अघि बढाइने एमाले प्रतिनिधिसभा निर्वाचन परिचालन कमिटी संयोजक दाहालले बताए। सबै वडामा कार्यालय स्थापना गरिएको बताउँदै उनले आइतबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको बताए ।

पार्टीका वडा कमिटी संयोजकसहित प्रत्येक वडाअन्तर्गत भूगोलमा रहने पार्टी केन्द्रीय कमिटीका पदाधिकारी, सदस्य, प्रदेश कमिटी पदाधिकारी तथा सदस्य, जिल्ला र नगर कमिटीसमेतका पदाधिकारी तथा सदस्य रहने गरि जिम्मेवारी तोकिएको छ ।

यसैगरी सम्बन्धित वडामा रहने जनसंगठनका सबै पदाधिकारी तथा सदस्य, अगुवा पार्टीका कार्यकर्ता र विज्ञसमेत रहेर कार्यालयमा दैनिक योजना तर्जुमा गरिने छ ।

कार्यालयमार्फत् दैनिक पार्टीका कार्यक्रम घरदैलो वडाअन्तर्गतका टोल कमिटीलाई समेत सहजीकरण गरिने छ । यसअघि वडास्तरमा कम्तीमा १५१ सदस्यीय र बढीमा ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

वडा सम्पर्क कार्यालय स्थापना गरिएपछि त्यहाँ योजना तर्जुमा तयार गरी त्यस क्षेत्रमा हुने पार्टीका सम्पूर्ण गतिविधिको व्यवस्थापन गरिने दाहालले बताए।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ६ : ३२ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग