व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण न्यून « Khabarhub

व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण न्यून


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

रेसुङ्गा– पछिल्लो समय व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण बढेको छैन । रेसुङ्गा नगरपालिका–५ का पिताम्बर पन्थीले तेलको अड्कोपड्कोका लागि मात्र तोरी खेती गरेका छन् । ‘मैले व्यावसायिक किनबेचका लागि नभई घरका लागि तोरी खेती गरेको छु’, उनले भने, ‘तोरी खेती सजिलो भए पनि व्यावसायिकतर्फ कसैको ध्यान पुगेन’, पन्थीले भने। आफूले गरेको तोरी खेती सधैँ आकाशे पानीको भरमा रहेकाले अहिले सोचेजस्तो उत्पादन नहुने ६२ वर्षीय पन्थीले बताए। 

तीनमहिने बालीका रूपमा रहेको सो खेतीका लागि धेरै मेहेनत पनि गर्नुपर्दैन । असोजमा तोरी छरेपछि मङ्सिरमा तोरी छिन्ने समय हुन्छ । तोरीलाई झार गोड्ने, बारम्बार सिँचाइ गर्ने, धेरै मल राख्नुपर्ने र लगातार हेरचाह गर्नुपर्ने आवश्यक पर्दैन ।

सोही स्थानका किसान चन्द्रकला मरासिनी बजारमा तेलहनजन्य पदार्थको मूल्य आकाशिएको बखत आफ्नो खेतबारीमा तोरी खेतीको उत्पादन घट्ने पिरलोमा छिन्। ‘असोजमा तोरी छरियो, कात्तिक अन्तिमसम्म पनि पानी परेन’, उनले भनिन्, ‘बजारबाट किनेर तेल खान सक्ने अवस्था छैन’, उनले दुःखेसो गरिन् । समयमा मल पाउने, बीउ पाउने र सिँचाइको सुविधा भएमा तोरी खेतीमा आकर्षण हुने मरासिनीको भनाइ छ ।

रेसुङ्गा–४ का दीननाथ भण्डारीले आकाशे पानीको भरमा तोरी खेती गर्नुपर्ने बाध्यता भएकाले व्यावसायिकतर्फ नगएको बताए । समयमा पानी परे राम्रो हुने र पानी नपरे लगानी खेर जाने जोखिमका कारण सबै किसान तोरी खेतीतर्फ आकर्षित नभएको भण्डारीको भनाइ छ । ‘अघिल्लो वर्ष समयमा पानी परेकाले राम्रै तोरी उत्पादन भयो तर यसपटक लगानी खेर जानेजस्तो छ’,उनले भने, ‘मौसमी वर्षाका भरमा गरेको खेती एकनाश हुँदैन’, निराश हुँदै उनले भने ।

यति मात्र होइन, जिल्लाका सबै ठाउँमा व्यावसायिक तोरी खेतीतर्फ कसैको ध्यान पुगेको छैन । अड्कोपड्कोका लागि मात्र तोरी खेती गर्नेहरू बढी भेटिन्छन् । बजारमा मूल्य आकाशिएको भए पनि तेलहन आयातकै भरमा रहेको छ । तोरी खेतीमा पनि पर्याप्त मात्रामा किसानको आकर्षण छैन । आंशिकरूपमा खेती गरिरहेका किसान पनि विभिन्न समस्याबाट हैरानी खेप्न बाध्य छन् । 

कृषि ज्ञान केन्द्र गुल्मीका बाली संरक्षण अधिकृत प्रकाश मरासिनीले जलवायु परिवर्तनका कारण समयमा पानी नपरेकाले यो वर्ष तोरी उत्पादन घट्न सक्ने जानकारी दिए । तेलहनको बजारभाउ बढेकाले तुलानात्मकरूपमा तोरी खेती गर्ने बढेको र अघिल्लो वर्ष समयमा परेको पानीका कारण उत्पादन पनि बढेको उनले बताए। 

गत वर्ष गुल्मीको पाँच सय ८३ हेक्टर क्षेत्रफलमा पाँच सय ८९ मेट्रिक टन तोरी उत्पादन भएको थियो । यस वर्ष दुई प्रतिशतले उत्पादन घट्न सक्ने ज्ञान केन्द्रको प्रारम्भिक अनुमान छ । ‘समयमा पानी पनि परेन, हुर्किन लागेको तोरीमा लाही किराको समस्या बढ्यो’, उनले भने । तोरी खेतीको क्षेत्रफल केही बढे पनि विषादी प्रयोग गर्न नहुने कारणले उत्पादनमा ह्रास आएको उनले बताए । 

 

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  १० : १२ बजे

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्रीका तीनै दाबेदारले हाल्न पाउँदैन् आफ्नो क्षेत्रमा भोट

काठमाडौं- निर्वाचनमा एक मतले पनि हारजित हुन्छ । जसकारण निर्वाचनअघि

प्रचण्ड भन्छन् : मैले सबैथोक गुमाइसकेँ, अब सत्ताको लोभ छैन

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई

कोरियन कस्मेटिकले नेपाली बजारमा नयाँ सम्भावना बोकेको छ : राजदूत पार्क ताइयोङ

काठमाडौं– नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले कोरियन कस्मेटिक

दमकका सबै वडामा एमाले निर्वाचन परिचालन कार्यलय, कार्यकर्ता मतदाताको घरघर जाने

दमक – नेकपा एमालेले झापा क्षेत्र नम्बर प्रतिनिधिसभा निर्वाचन परिचालन