अनुमतिबिनाका अस्पताल छ्यापछ्याप्ती, नियामक निकाय मूकदर्शक | Khabarhub Khabarhub

अनुमतिबिनाका अस्पताल छ्यापछ्याप्ती, नियामक निकाय मूकदर्शक


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहामा नियामक निकायको मिलोमतोमा मापदण्डविपरीत अनुमतिबिनाका अस्पताल तथा पोलिक्लिनिकहरू छ्यापछ्याप्ती खुल्न थालेका छन् ।  नियमनकारी निकायको मौनता कारण लहान, धनगढीमाई, गोलबजार, मिर्चैया, सिरहा सदरमुकाम लगायतमा सयौँको सङ्ख्यामा अनुमतिबिना नै अस्पताल तथा क्लिनिकहरू सञ्चालन भएका  हुन् ।

स्थानीय निकाय, प्रहरी प्रशासनकै सेटिङमा अनुमतिबिनाका, मापदण्डविपरीत अवैध अस्पताल तथा क्लिनिकहरू सञ्चालन भएको छ । लहान नगरपालिकामा मात्र सयौँको सङ्ख्यामा क्लिनक तथा अस्पतालहरू सञ्चालनमा रहे पनि जम्मा ४ वटा अस्पताल र ६ वटा क्लिनिकलेमात्र अनुमति लिएको स्वास्थ्य शाखा प्रमुख जगदिश मण्डलले जानकारी दिए । 

स्वास्थ्य शाखा प्रमुख मण्डल आफैँले लहान ८ मा सञ्चालन गरेको मण्डल क्लिनिकसमेत दर्ताको नभएको नाम नखोल्ने सर्तमा एकजना स्वस्थ्यकर्मीले बताए । उनले भने, ‘नियमनकारी निकायले नै दर्ता प्रक्रियाको लागि फाइल पेस गर्ने क्लिनिक तथा अस्पतालसँग अवैध रकम लिएर सञ्चालन गर्ने छुट दिएको छ। गोलबजार नगरपालिकामा पनि बिनादर्ताको अस्पताल तथा क्लिनिकहरू छ्यापछ्याप्ती खुलेपनि नियमनकारी निकाय मौन रहेको देखिन्छ।

 गोबजारको मुख्य बजारक्षेत्र ४ र ६ नम्बर वडा तथा ७ र ८ नम्बर चोहर्वामा अनुमतिबिनै तीन दर्जनभन्दा बढी अस्पताल तथा क्लिनिकहरू नियम कानुनविपरीत सञ्चालन भए पनि जनप्रतिनिधि तथा स्वास्थ्य शाखाका कर्मचारीहरू भने मौन सर्मथन गरेझैँ गुमनाम बसेका छन् ।

सम्बन्धित निकायबाट अनुमति नलिएको, विशेषज्ञ डाक्टरको नाममा योग्यता नपुगेका स्वास्थ्यकर्मीले उपचार गर्दै आएको, उपचारको नाममा बिरामीसँग बढी रकम असुली गर्ने गरेको लगायतका जनगुनासो आए पनि नियमनकारी निकाय मौन भएर बसेका छन् । 

गोलबजारमा मात्रै करिब ३ दर्जनभन्दा बढी मापदण्ड नपुगेका अस्पताल, पोलिक्लिनिकहरू, ल्याबहरू सञ्चालनमा रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखा प्रमुख कर्णले क्लिनिकहरू धेरै खुलेका भए पनि केहीले अनुमतिको लागि कागजात पेस गरेका र चुनाव तथा जनप्रतिनिधिको व्यस्तताका कारण अनुगमन गर्न नसकिएको बताए । उनले भने, ‘हामी योजना बनाउँदै छौं, अव तत्कालै सबै स्वास्थ्य संस्थाहरूको अनुगमन गरी प्रकृया पुगेकाहरुलाई अनुमति दिने र कारबाही गर्ने प्रक्रियामा जान्छौ ।’

जन स्वास्थ्य सेवा नियमावली अनुसार वार्षिक रुपमा नवीकरण फेल भएको ३ महिनाभित्र नवीकरण गर्नु पर्ने प्रावधान छ । तर, गोलबजारमा दुई आर्थिक वर्षदेखि यसको कुनै काम भएको छैन। जिल्ला बाहिर दर्ता भए पनि नवीकरणसमेत नभएको उतिमलाल मेमोरियल अस्पताल प्रा.लि.समेत गोलबजारमा सञ्चालनमा आएको छ । गोलबजार नगर स्वास्थ्य शाखामा नवीकरणका लागि फाइल पेस गरिएका गोलबजार हेल्थ केयर सेन्टर, अजय डेन्टल ,सगरमाथा मोडेल अस्पताल र एस पोलिक्लिनिक, भुमिजा हस्पिटलको करिब २ वर्षदेखि नवीकरण नै नगरिएको स्वास्थ्य शाखा प्रमुख कर्णले स्वीकारेका छन् ।  उनले भन्ने, ‘नगरभित्र सञ्चालनमा रहेको १२ वटा स्वास्थ्य संस्थाले फाइल पेस गरेको भए पनि अनुगमन हुन नसकेको बताए।

जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ ९१० मा कसैले पनि इजाजतपत्र नलिई गैरसरकारी, सरकारी वा गैरनाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न वा त्यस्तो संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउन नहुने उल्लेख भए पनि सिरहामा भने कानुनलाई लत्याउँदै सयौँको सङ्ख्यामा मापदण्डविपरीत अवैध रुपमा पोलिक्लिनिक, औषधि पसल, अस्पताल, र ल्याबहरू सञ्चालनमा रहेका छन् ।  

 

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ११ : ०७ बजे

ब्राजिलमा ‘हट एअर बेलुन’ दुर्घटना हुँदा आठ जनाको मृत्यु

साओ पाउलो – ब्राजिलको सान्टा क्याटारिना राज्यका गभर्नरले शनिबार दक्षिणी

भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

काठमाडौं – भारतको उत्तराखण्ड राज्यस्थित काशीपुरमा बन्धक बनाइएका ३५ जना

मुख्यमन्त्री शाहद्वारा लम्कीचुहा प्रादेशिक अस्पतालको अनुगमन

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज यहाँस्थित लम्कीचुहा

दूधपोखरीकुण्डमा जलसतह घट्दै गएकामा स्थानीयको चिन्ता

गण्डकी – लमजुुङको मस्र्याङ्दी गाउँपालिकास्थित धार्मिक महत्त्वको पर्यटकीय तीर्थस्थल दूधपोखरीकुण्डमा

आजका समाचार : संसद्‍मा रास्वपाको विरोध जारी, मनाइयो योग दिवस र तत्काल इरानले आणविक वार्ता नगर्ने

रास्वपा सांसद सदनबाट बाहिरिएपछि प्रकाशशरणले भने- लगातार उभिन गाह्रै हुन्छ