अव्यवस्थित रुपमा राखिएका ठेलागाडा हटाउन सुरु « Khabarhub

अव्यवस्थित रुपमा राखिएका ठेलागाडा हटाउन सुरु


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बलेवा– बागलुङ नगरपालिकाले अव्यवस्थित पोल हटाउने क्रमसँगै बजारमा अव्यवस्थित रुपमा राखिएका ठेलागाडा नियन्त्रणमा लिन थालेको छ । 

बजारमा सवारी चापसँगै बढेको जाम हटाउन जथाभावी राखेर व्यापार गरिएका ठेलागाडा, फुटपाथ ढाकेर राखिएका व्यापारिक सामान, अलपत्र छाडिएका निर्माण सामग्री तत्काल हटाउन चेतावनी दिएको बानपा-२ का वडा सदस्य तथा अव्यवस्थित तारपोल हटाउने समितिका सदस्य अर्जुन घिमिरेले बताए । ‘पहिलो पटक भेटिएकालाई चेतावनी दिएका छौँ, दोस्रो पटक भेटिएका सामान उठाएका छौँ’, घिमिरेले भने, ‘अलपत्र भेटिएका केही ठेलागाडी नियन्त्रणमा ल्याइसकिएको छ ।’ ठेलागाडा उठाउन थालेपछि कतिपयले भागाभाग गरेर लुकाएका थिए । 

घर छेउमा फालिएका फोहोर, ढुङ्गामाटो र गिट्टी समेतले आवागमनमा असर पुगेको स्थानमा नगरपालिकाको ट्र्याक्टरमा सामान उठाएको छ । केहीले सडकमा अव्यवस्थित छाडेका अन्य व्यापारिक प्रयोजनका घुम्ती पसल र काठका बाकससमेत उठाइएको हो । सदरमुकामस्थित बागलुङ बजारमा तीन सयभन्दा बढी ठेलागाडा भएको अनुमानपछि यो काम थालिएको घिमिरेले जानकारी दिए ।

ठेलागाडामा राखेर कर नतिरेका तथा अव्यवस्थित रुपमा राखेर सामान बेचेको भेटिएपछि नगरपालिकाले नियमन गर्न थालेको थियो । उद्योग वाणिज्य सङ्घले पनि कर नतिरेका सामान ठेलागाडामा राखेर जथाभावी बेच्दा कर तिर्नेलाई मर्का परेको गुनासो गरेको थियो । त्यस्तै सडक अवरुद्ध हुने गरी उनीहरूले सामान राख्दा ट्राफिक जाम बढेको थियो ।

यस्तै, नगरपालिकाले ५० बढी अव्यवस्थित पोल पनि हटाएको छ । विद्युत्का पोल नगरपालिकाले आफैँ व्यवस्थापन गर्दैछ भने टेलिकमको पोल भए टेलिकमले नै व्यवस्थापन गरिरहेको छ । ‘अव्यवस्थित पोल काटेर हटाउँदा सडक केही फराकिलो बनेको छ’, नगरपालिकाका योजना अधिकृत युक्तप्रसाद सुवेदीले भने, ‘बजार अनुगमन र व्यवस्थापनका लागि विशेष कार्यविधि र कार्यक्रममार्फत नियमित गरिने छ ।’ 

आगामी पुसमा हुने नगर परिषद्मा कार्यविधि बनेर कार्यान्वयनमा आउने उनले जानकारी दिए। बागलुङ बजारमा फुटपाथ छैन । साँघुरो सडक, दायाँबायाँ सवारी साधन रोकिदिने र निर्माण सामग्रीसमेत जथाभावी राखिदिँदा पैदलयात्रीले पनि सास्ती खेपेका छन् भने दुर्घटनाको जोखिम बढेको छ । 

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  १ : ३७ बजे

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

कर्णाली – लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान

आजका समाचार : प्रचण्ड प्रधानमन्त्री नबन्ने, १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो र भारतले नेपाललाई दिने अनुदान रकम बढायो

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’ नेपाली

पत्रकार सिटौलाको अन्तिम बिदाइ, कुलमानदेखि बालेनसम्म पुगे (तस्बिरहरू)

काठमाडौं- आइतबार मध्याह्न उपचारका क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका