आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी « Khabarhub

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानद्वारा जानकारी इरानको इस्लामिक रिभोलुसन गाड्र्स कोर (आइआरजिसी) ले शनिबार आफ्ना नौसैनिक कमान्डर अलिरेजा ताङसिरीको हत्या भएको भनी आएका समाचारहरूको खण्डन गरेको छ ।

आइआरजिसीले आफ्नो आधिकारिक अनलाइन समाचार साइट (सेपाह न्यूज)मा जारी एक वक्तब्यमा भनेको छ,“यो अफवाह इजरायली सामाजिक सञ्जालबाट फैलिएको हो ।”

सामाजिक सञ्जालको उक्त ‘अकाउन्ट’ मा सुरक्षा र सैन्य क्षेत्रको बारेमा यसपहिले पनि अफवाह फैलाएको ट्र्याक रेकर्ड रहेको छ । उक्त पेजमा यसअघि आइआरजिसी कुद्स फोर्सका कमान्डर इस्माइल कानीको हत्या भएको दाबी गरिएको थियो।

सेपाह न्यूजका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही दिनहरूमा पश्चिम एसिया क्षेत्रमा युद्धपोत बेडा पठाएर इजरायलमाथि आक्रमण गर्न सक्ने मनोवैज्ञानिक त्रासबीच यो अफवाह फैलाउने कुरालाई अर्थपूर्ण मानिएको छ ।

शनिबार पनि आइआरजिसीको नौसेनाले अफवाहको खण्डन गर्दै भनेको छ, “होर्मोजगान प्रान्तमा रहेको उहाँको कुनै पनि कार्यालयमा ड्रोन आक्रमण गरिएको छैन र सुरक्षा बलसँग सम्बन्धित कुनै पनि भवन नष्ट भएको छैन।”

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ८ : २० बजे

तनहुँ जलविद्युत आयोजनाको काम तीव्र गतिमा (तस्बिरहरू)

तनहुँ– नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड

फिफा विश्वकप : अन्तिम १६ को समीकरण पूरा

काठमाडौँ- फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेलहरु सकिएसँगै

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने