खानेपानीको समस्या समाधानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र  « Khabarhub

खानेपानीको समस्या समाधानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र 


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाडौँको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि ध्यानाकर्षण पत्र बुझाइएको छ । काठमाडौँका जनप्रतिनिधिको तर्फबाट हालै प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह नेतृत्वको प्रतिनिधिमण्डलले आज ध्यानाकर्षण पत्र बुझाएको हो ।  

प्रतिनिधिमण्डलले काठमाडौँमा खानेपानीको समस्या समाधानका लागि मेलम्ची खानेपानी आयोजनालाई दीर्घकालीन रुपमा अघि बढाउनुपर्नेलगायतका माग राखेको छ । सो मागका सम्बन्धमा प्रधानमन्त्री देउवाले आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै यस सम्बन्धमा सरकारले तत्काल आवश्यक निर्णय गर्ने जानकारी गराएका थिए ।

त्यस अवसरमा कांग्रेस नेता सिंहले आर्थिक वर्ष २०७९-८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने उल्लेख भएकोले आयोजनाको काम कारबाहीमा अन्योलता देखिएको बताउँदै तत्काल मेलम्ची खानेपानी विकास समिति ब्युँताउनुपर्ने वा अन्य आवश्यक निर्णय लिनुपर्ने उल्लेख गरेका थिए ।

उनले मुहान क्षेत्रका स्थानीय तहको माग सम्बन्धमा सम्बन्धित पालिकासँग छलफल गरी टुङ्गोमा पुग्नुपर्ने, वर्षैभरी पानी पथान्तरणका लागि फास्टट्र्याकमा कार्यान्वयन गर्न आवश्यक निर्णय लिनुपर्ने, बाढीपहिरोपछि त्यसको कारणबारे एसियाली विकास बैंकलगायतका अन्तर्राष्ट्रिय सङ्घसंस्थाले अध्ययन गरी पेस गरेको प्रतिवेदनको निष्कर्षअनुसार आयोजना अगाडि बढाउनुपर्नेलगायत मागका बारेमा जानकारी गराएका थिए । 

अहिले खानेपानीको इन्टेक रहेको स्थान असुरक्षित भए नभएको प्राविधिकबाट अध्ययन गराई असुरक्षित भए उपयुक्त स्थानमा ईन्टेक बनाउनुुपर्ने, मेलम्ची बाढीपहिरोले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा भएको क्षतिलाई सम्बोधन गर्न पुनःनिर्माणलगायतका उचित व्यवस्था गर्नुपर्ने, मुहान क्षेत्र स्थानीयको गुनासो सम्बोधन गर्न मुहान क्षेत्रसम्म पक्की सडक बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा सरकारले विशेष पहल गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना काठमाडौंवासीको खानेपानी समस्या समाधानको प्रमुख स्रोत हो ।

नेपाली कांग्रेसका संस्थापक नेता एंव पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको खानेपानी काठमाडौँ ल्याउने सपना कांग्रेस नेतृत्वमै साकार भएको हो । विसं २०७८ असार १ गते मेलम्चीमा गएको विनाशकारी बाढीपहिरोका कारण मेलम्चीको भविष्य अहिले अन्योलमा पर्ने होकी भन्ने काठमाडौँवासीमा चिन्ता छाएको छ । बाढीपहिरोपछि हिउँदको समयमा अस्थायी रुपमा भए पनि काठमाडौँ ल्याउने काम भएको छ । 

काठमाडौँको खानेपानी समस्या समाधानका लागि मेलम्ची आयोजनालाई दीर्घकालीन रुपमा अगाडि बढाउनुपर्ने स्थलगत निरीक्षणपछि आवश्यकता महसुस भएको नेता सिंहले बताए ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  २ : ५४ बजे

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

झापा २ : बढ्दै देवराज र स्वागतको चुनौती, उत्साहित इन्दिरा र सरिता

काठमाडौं- यस पटकको निर्वाचनमा चर्चाको शिखरमा छ झापा । नेकपा

शहीदका सपना पूरा गर्ने जिम्मेवारी अब हाम्रो काँधमा : बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले

काठमाडौँ–तराईरमधेस दू्रतमार्ग : ४५ प्रतिशत प्रगति

लेनडाँडा– देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौँ–तराईरमधेस दू्रतमार्ग (फाष्ट

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै कामपा

काठमाडौं– काठमाडौँ महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र कटानको