राप्रपा नेपाललाई समानुपातिकमा १२ हजार मत « Khabarhub

राप्रपा नेपाललाई समानुपातिकमा १२ हजार मत


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकको अन्तिम नतिजा सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग लागेको छ । प्रदेश र प्रतिनिधिसभातर्फ प्रत्यक्षको मत गनिसकिएको छ । अब समानुपातिक पनि अन्तिम चरणमा पुगेको छ । 

नतिजाअनुसार नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी चौथो, राप्रपा पाँचौं, जसपा छैटौं र एकीकृत समाजवादी सातौँ पार्टी बनेका छन् । एक वर्षअघि राप्रपाको अध्यक्षमा पराजित भएपछि पार्टी त्यागेर हिँडेका कमल थापाले राप्रपा नेपाल पार्टी पुनर्गठन गरे र त्यो पार्टीको अध्यक्षसमेत बने ।

निर्वाचन आयोगले उनको पार्टीलाई चुनाव चिन्ह तिर दिएको थियो । तर, उनी आफैं भने पार्टीको चुनाव चिन्हबाट नलडी एमालेको सूर्य चुनाव चिन्हबाट मकवानपुर १ मा उम्मेदवार बने । आफ्ना पार्टीका उम्मेदवारलाई भने उनले तिरमै चुनावमा उठाए । राप्रपा नेपालले प्रतिनिधिसभातर्फ १२ हजार ३०२ मत पाएको छ । उनले मकवानपुर १ मा प्रत्यक्षमा पाएको २६ हजार मत एमालेमै जोडिने भएकाले राप्रपा नेपाललाई घाटा लागेको छ । 

राप्रपा नेपालले सातै प्रदेशमा समानुपातिकतर्फ २१ हजार ६९६ मत पाएको छ । राप्रपा नोपलले कहीँकतै उल्लेख्य मत प्राप्त गर्न सकेन । उसले प्रदेश १ मा ३,३९१, मधेसमा ६,५२२, बागमतीमा ५,६७५, गण्डकीमा ९१२, लुम्बिनीमा ३,३४९, कर्णालीमा ६०६ र सुदूरपश्चिम प्रदेशमा १,२४१ मत पाएको छ । थापाले छाडेको राप्रपाले भने संघतर्फ प्रत्यक्ष र समानुपातिक गरी १४ सिट हात पार्ने भएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ३ : ०३ बजे

पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक-सील’ प्रतिबन्ध, जारमा अनिवार्य लेबलिङ्ग गर्नुपर्ने

काठमाडौं– नेपाल सरकारले बजारमा उपलब्ध हुने पिउने पानीको गुणस्तर सुनिश्चित

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण