लिबियाको तटबाट ६३३ आप्रवासीको उद्धार « Khabarhub

लिबियाको तटबाट ६३३ आप्रवासीको उद्धार


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले लिबियाको तटबाट ६३३ आप्रवासीहरूलाई उद्धार गरी फिर्ता पठाइएको जनाएको छ ।

यही २०२२ नोभेम्बर २७ देखि डिसेम्बर ३ को अवधिमा ६३३ आप्रवासीहरूलाई रोकेर लिबिया फर्काइएको आईओएमले एक विज्ञप्तिमार्फत जनाएको हो ।

सन् २०२२ को शुरुबाट हालसम्म एक हजार ८९ महिला र छ सय ७८ बालबालिकासहित कुल २१ हजार चार सय ५७ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको आईओएमले जनाएको छ ।

यसवर्ष अहिलेसम्म कूल पाँच सय १७ गैरकानूनी आप्रवासीको मृत्यु भएको छ भने आठ सय ३० जना मध्य भूमध्यसागरीय मार्गमा लिबियाको तटबाट बेपत्ता भएका आईओएमले जानकारी दिएको छ ।

सन् २०२१ मा कुल ३२ हजार चार सय २५ गैरकानूनी आप्रवासीहरूलाई उद्धार गरी लिबिया फर्काइयो । सन् २०११ मा नेता मुअम्मर गद्दाफीको पतनपछि लिबियाले असुरक्षा र अराजकताको सामना गरिरहेको छ ।

यस उत्तर अफ्रिकी देशलाई भूमध्यसागर पारगरी युरोपेली किनारमा जान चाहने अनियमित आप्रवासीहरूको लागि प्रस्थानको महत्वपूर्ण केन्द्रबिन्दु बन्न पुगेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ३ : २३ बजे

देश समृद्धिको मार्गमा अग्रसर हुने संयोजक दाहालको विश्वास

चितवन– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान

चन्द्रपुर– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गौर

ताप्लेजुङ पुगेर योगेश भट्टराईले गरे मतदान

काठमाडौँ – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले ताप्लेजुङ पुगेर मतदान

दोलखाका कांग्रेस उम्मेदवार अजयबाबु शिवाकोटीले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले मतदान गरेका छन्

सोबिताले गरिन् मतदान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले चितवन पुगेर प्रतिनिधिसभा