निःशुल्क शल्यक्रियासहितको आँखा शिविर सुरु « Khabarhub

निःशुल्क शल्यक्रियासहितको आँखा शिविर सुरु


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङमा मङ्गलबारदेखि निःशुल्क शल्यक्रियासहितको तीनदिने आँखा शिविर सुरु भएको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङ शाखा र काठमाडौँस्थित सेवा फाउन्डेसनको आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो ।

सदरमुकाम फुङ्लिङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आयोजित शिविरमा छिमेकी जिल्ला पाँचथर, तेह्रथुमलगायत क्षेत्रका सयौँ आँखाका बिरामी सेवा लिन आएका छन् ।

बिहीबारसम्म सञ्चालन हुने शिविरमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिनाका साथै चस्मा र नाम दर्तामा न्यूनतम शुल्क लाग्ने केन्द्रका इन्चार्ज काजी गुरुङले जानकारी दिनुभयो । शिविरमा मेची आँखा अस्पतालले  प्राविधिक सहयोग गरेको छ भने लायन्स क्लब अफ काठमाडौँले निःशुल्क औषधि उपलब्ध गराएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ३ : ५३ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार