हात्तीको आक्रमणबाट एक वृद्वको मृत्यु « Khabarhub

हात्तीको आक्रमणबाट एक वृद्वको मृत्यु


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैँचा– मोरङको सुन्दरहरैँचा १० मा हात्तीको आक्रमणबाट मङ्गलबार एक वृद्वको मृत्यु भएको छ । हात्तीले  सुन्दरहरैँचा १०  स्थित त्रिवेणीचोक उत्तरतर्फको जङ्गलमा घाँस लिन गएको बेला आक्रमण गर्दा सोही ठाउँका ७५ वर्षीय वृद्व जयप्रसाद बाँस्तोलाको  मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख खगेन्द्र धमलाले जानकारी दिए । 

बाँस्तोलाकी श्रीमतीले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । मृतक बाँस्तोलाको शव परीक्षणको लागि उर्लाबारी लगिएको प्रहरीले जनाएको छ । पछिल्लो समय  मोरङको केराबारी, लेटाङ, सुन्दरहरैँचा, मिक्लाजुङ, बेलबारी लगायतका पालिकामा हात्तीले  आतंक मच्चाउने गरेको छ । 

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ४ : ५१ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले