भरतमोहन अधिकारी फाउन्डेसन र नाफिजको सहकार्यमा दुईजना आर्थिक पत्रकारलाई पुरस्कृत गरिने « Khabarhub

भरतमोहन अधिकारी फाउन्डेसन र नाफिजको सहकार्यमा दुईजना आर्थिक पत्रकारलाई पुरस्कृत गरिने


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले भरतमोहन अधिकारी स्मृति फाउन्डेसनको आर्थिक सहयोगमा दुई आर्थिक पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । नाफिजले फाउन्डेसनको सहयोगमा ‘भरतमोहन अधिकारी-नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी– नाफिज सहकारी पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको हो ।

नाफिजका अध्यक्ष मोदनाथ ढकाल र फाउन्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले मंगलबार एक कार्यक्रमका बीच पुरस्कार प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरे । लिमा अधिकारी स्वर्गीय भरतमोहन अधिकारीकी छोरी हुन् ।

आर्थिक तथा सहकारी बिटमा कलम चलाउँदै आएका आर्थिक पत्रकारको वृत्ति विकास, क्षमता विस्तार र असल पत्रकारिता अभ्यासमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार प्रदान गर्न लागिएको नाफिजले जनाएको छ । पुरस्कारले स्वस्थ तथा खोजमूलक आर्थिक पत्रकारितालाई प्रबद्र्धन गर्ने उसले अपेक्षा गरेको छ ।

यो वर्षको ‘भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी-नाफिज सहकारी पत्रकारिता पुरस्कार’ २८ मंसिरमा नाफिजको छैटौं महासभाको विशेष समारोहमा ५०-५० हजार रुपैयाँको दरले दुईजना पत्रकारलाई प्रदान गरिने भएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ५ : ०८ बजे

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

कर्णाली – लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान

आजका समाचार : प्रचण्ड प्रधानमन्त्री नबन्ने, १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो र भारतले नेपाललाई दिने अनुदान रकम बढायो

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’ नेपाली

पत्रकार सिटौलाको अन्तिम बिदाइ, कुलमानदेखि बालेनसम्म पुगे (तस्बिरहरू)

काठमाडौं- आइतबार मध्याह्न उपचारका क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका