बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक घाइते « Khabarhub

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक घाइते


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको तिनकुनेमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार बिहान भएको उक्त दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

 मृत्यु हुनेमा झापा घर भई हाल भक्तपुरको चारदोबाटो बस्ने  २५ वर्षीय रोमित रिजाल रहेका प्रहरीले जनाएको छ । उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलको पछाडि सवार सप्तरीको  अग्नि सायर गाउँपालिका घर भई हाल भक्तपुरको  दुवाकोट बस्ने  २२ वर्षीय  उदित चौधरीको पनि सोही अस्पतालमै उपचार भइरहेको छ ।

कोटेश्‍वरबाट सिनामगंलतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१९००६ ख ४८ ४० नम्बरको बसले बानेश्‍वरबाट कोटेश्‍वर तर्फ जाँदै गरेको बा ८१ प २७ ९९ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिएको थियो । दुवै सवारी साधनसहित बस चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ  । 

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ५ : ४९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले