नेपालमा इस्वी संवत् लागू हुनुपर्ने प्रतिवेदनप्रति सरोकारवालाको आपत्ति | Khabarhub Khabarhub

नेपालमा इस्वी संवत् लागू हुनुपर्ने प्रतिवेदनप्रति सरोकारवालाको आपत्ति


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल संवतको व्यावहारिक अध्ययन गर्न केही वर्षअघि सरकारले गठन गरेको कार्यदलले नेपालमा इस्वी संवत् लागू गर्नुपर्ने प्रतिवेदन सरकारलाई बुझाएकामा आपत्ति जनाएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान संस्कृति विभागद्वारा नेपाल संवत् न्हूँद राष्ट्रिय समारोह समितिसँगको सहकार्यमा आयोजित ‘नेपाल संवत् न्हूँद’ विषयक विद्वत् गोष्ठीका वक्ताले नेपालका मौलिक संवतलाई छोडेर विदेशी संवत् चलाउन प्रतिवेदन बुझाएर झारा टारेकाप्रति आपत्ति जनाएका हुन् । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल संवत् समुदाय विशेषको नभइ सबै नेपालीको रहेको बताए ।

“नेपाल संवत्को सुरुवात गर्ने शङ्खधर साख्वाको नाममा आगामी वर्षदेखि तीन जनालाई एक÷एक लाख राशिको पुरस्कार दिन कार्यविधि निर्माण भएको छ, यो पुरस्कार अब राष्ट्रिय विभूति शङ्खधर साख्वाको नाममा प्रत्येक वर्ष प्रदान गरिनेछ”, मन्त्री श्रेष्ठले भने । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा भेटिएको भनिएको साख्वासँग सम्बन्धित सामग्रीका बारेमा अध्ययन गर्न समिति गठन गरिएको उनले जानकारी दिए ।

प्रतिष्ठानका निमित्त कुलपति डा जगमान गुरुङले जनताले देशका नाममा प्रवद्र्धन गरेको नेपाल संवत् राष्ट्रिय गौरवको विषय भएको बताए । नेपाल संवत् र नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशन गर्ने पात्रो (पञ्चाङ्ग) को गणित नमिलेकाले त्यसलाई मिलाउनुपर्नेमा उनले जोड दिए । सांस्कृतिक गतिविधिमा अघि रहेको नेवार समुदायका अगुवालाई नेवारी संस्कृतिका विषयमा गोष्ठी गरौँ भन्दा सुनुवाई नभएको निमित्त कुलपति गुरुङको गुनासो थियो । राजधानी उपत्यकाका तीन सहरको सांस्कृतिक महत्व रहेको उल्लेख गर्दै उनले त्यसको संरक्षणमा यहाँको समुदाय लाग्नुपर्नेमा जोड दिए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा त्रिरत्न मानन्धरले कार्तिक शुक्ल प्रतिपदामा नेपाल संवत् मनाएर वर्षभर चुप लागेर बस्ने परम्परालाई तोड्दै यस विषयमा बहस चल्ने गरी कार्यक्रम आयोजना गरिएकामा खुसी व्यक्त गरे । ‘नेपाल संवत् : सैद्धान्तिक आधार तथा व्यावहारिक पक्ष’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले ऋण तिर्न नसक्ने जनताको ऋण तिरिदिएर साख्वाले नेपाल संवत् चलाएको सुनाए ।

तत्कालीन राजा राघवदेवले पशुपतिनाथलाई समर्पण गरेर नेपाल संवत् चलाएको विषय विभिन्न वंशावलीमा लेखिएको उनले जानकारी दिए । ‘शङ्खधर साख्वा र नेपाल संवत्’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले संस्कृति मरे देश मर्ने र जीवित जनता पनि मृतसरह हुने भएकाले संरक्षण गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्वमन्त्री तीर्थराम डङ्गोल, पूर्वसांसद हिरण्यलाल श्रेष्ठ, प्रतिष्ठानका निमित्त सदस्य सचिव प्रा डा हेमनाथ पौडेल, न्हूँद समारोह समितिका प्रा डा नरेशमान बज्राचार्यलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ६ : ४० बजे

गाजामा पीडाबारे इजरायली मिडियामा परिवर्तनशील धारणा

तेल अभिव- गाजामा जारी युद्धको समाचार इजरायली मिडियामा पछिल्ला दिनमा

वर्षमानले भने- नेपालमा बिचौलिया पुँजीवाद हाबी भयो

गलकोट– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उप–महासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान

एमाले विधान महाधिवेशन : अध्यक्ष ओली, महासचिव पोखरेल र उपाध्यक्ष पौडेलको प्रतिवेदन सर्वसम्मतिले पास

ललितपुर– नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीकोसहित

लहानमा ९० जना सुत्केरी र गर्भवतीलाई पोषण सामग्री वितरण

सिरहा– मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको लहान

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तनहुँ– बन्दिपुर गाउँपालिका-१ नाहालास्थित सडकमा बा.प्र ०६-००१ प ९२३३ नम्बरको मोटरसाइकललाई ग.२