नेपालमा बाल मृत्युदर घट्यो | Khabarhub Khabarhub

नेपालमा बाल मृत्युदर घट्यो


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पाँच वर्षको अविधिमा बाल मृत्युदर घटेको पाइएको छ । हालै सार्वजनिक गरिएको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ मा नेपालमा पाँच वर्षमा बाल मृत्युदर घटेको पाइएको हो ।

सर्वेक्षणअनुसार नेपालमा ३३ प्रति हजार बालमृत्युदर रहेको उल्लेख गरिएको छ । यसअघि सन् २०१६ गरिएको सर्वेक्षणमा ३९ प्रति हजार बालमृत्युदर रहेको थियो । नेपालमा सन् २०११ मा ५४ प्रति हजार, सन् २००६ मा ६१, सन् २००१ मा ९१ र सन् १९९६ मा ११८ बाल मृत्युदर रहेको थियो ।

पूर्ण स्तनपान गराउनेको सङ्ख्या घट्दै

यस्तै सर्वेक्षण प्रतिवेदनमा नेपालमा हाल ५६ प्रतिशत आमाले मात्रै शिशु जन्मिएको पाँच महिनासम्म पूर्ण स्तनपान गराउने उल्लेख गरेको छ । सन् २०१६ को सर्वेक्षण प्रतिवेदनमा नेपालमा पूर्ण स्तनपान गराउने आमाको प्रतिशत ६६ प्रतिशत रहेको उल्लेख थियो । सन् २०११ को सर्वेक्षणमा ७० प्रतिशत, सन् २००६ को सर्वेक्षणमा ५३ प्रतिशत, सन् २००१ को सर्वेक्षणमा ६८ प्रतिशत र सन् १९९६ को सर्वेक्षणमा ७५ प्रतिशतले पूर्ण स्तनपान गराउने गरेका थिए तर अहिलेको सर्वेक्षणमा विगतभन्दा १० प्रतिशतले महिलाले कम स्तनपान गराएको पाइएको छ ।

पुड्कोपनमा सुधार

यस्तै नेपालमा पाँच वर्षभन्दा कम उमेरका बालबालिकामा हुने पुड्कोपनमा उल्लेखनीय सुधार आएको छ । स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा पाँच वर्षभन्दा कम उमेर समूहका बालबालिकामा हुने पुड्कोपनमा ११ प्रतिशले कमी आएको छ । सर्वेक्षणअनुसार पुड्कोपना बालबालिकामा हुने झरेर २५ प्रतिशतमा आएको छ । जबकी पाँच वर्षअघिको यही सर्वेक्षणले नेपालमा पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिकामा पुड्कोपन रहेको उल्लेख गरेको छ ।

विगतमा नेपालमा पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपनमा सन् २०११ मा ४१ प्रतिशत सन् २००६ मा ४९ प्रतिशत, सन् २००१ र १९९६ मा समान ५७ प्रतिशत रहेको छ । नेपालमा गरिएको सर्वेक्षणमा बालबालिका हुने पुड्कोपनमा क्रमशः घट्दै गएको देखिन्छ । सबैभन्दा धेरै पुड्का बालबालिका कर्णाली प्रदेशमा रहेका छन् । कर्णालीमा अझै पनि ३६ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या छ । पाँच वर्षअघि कर्णालीका ५४.५ प्रतिशतमा पुड्कोपन रहेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ६ : ५३ बजे

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट