वार्षिक १२ अर्बको हस्तकलाका सामग्री निर्यात « Khabarhub

वार्षिक १२ अर्बको हस्तकलाका सामग्री निर्यात


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वार्षिक रुपमा रु १२ अर्ब बराबरको हस्तकलाका सामग्री विश्व बजारमा निर्यात हुँदै आएको छ । नेपालमा उत्पादित ती सामग्रीहरू विभिन्न मुलुकमा निर्यात हुँदै आएको नेपाल हस्तकला महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार विश्वका ६० भन्दा बढी मुलुकमा वार्षिक रु १२ अर्ब मूल्य बराबरको हस्तकला निर्यात हुने गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले देशको व्यापार घाटा कम गर्दै राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन हस्तकला क्षेत्रले महत्वपूर्ण योगदान गरेको दाबी गरे । “स्वदेश तथा विदेश गरेर वार्षिक झण्डै रु २४ अर्ब बराबरको हस्तकला कारोबार हुँदै आएको छ, यस क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आठ लाखलाई रोजगारी प्रदान गर्दै आएको छ”, अध्यक्ष शाक्यले भने।

उनका अनुसार नेपालमा उत्पादित हस्तकलाका सामग्रीलाई स्वदेश तथा विदेशी बजारमा प्रवद्र्धन, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले आगामी मङ्सिर २३ देखि २७ गतेसम्म होटल ह्यातमा १९औँ हस्तकला व्यापार मेला तथा १७ औँ हस्तकला प्रतियोगिता हुनेछ ।

नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ता बीचमा व्यावसायिक सम्बन्ध, विकास, विदेशी हस्तकला आयातकर्ता र उपभोक्तलाई एकै स्थानमा भेला गराइ हस्तकला वस्तुको बजारीकरणमा सहयोग पु¥याउने उद्देश्य रहेको छ । मेलामा एक सय ३० व्यापारिक कक्ष राखिने मेलाका संयोजक दिल्लीरत्न तुलाधरले जानकारी दिए ।

उनका अनुसार मेलामा एउटै छातामुनी हस्तकला वस्तुको प्रदर्शनी, उत्कृष्ट व्यापारिक कक्ष प्रतियोगिता, परम्परागत र नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी, अमूर्त सांस्कृतिक सम्पदाको उजागर, जेष्ठ तथा वरिष्ठ कलाकारलाई सम्मान, अग्रणी निर्यातकर्तालाई सम्मान गरिनेछ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले नेपालको निर्यात क्षेत्रमा हस्तकला क्षेत्रको ६ प्रतिशत योगदान रहेको बताउँदै आगामी दिनमा यसलाई बढाउन आवश्यक रहेको बताए । उनले सीप भएका कलाकारलाई राज्यले सम्मान गरेमात्र यो क्षेत्रले अझै गती लिने विश्वास व्यक्त गरे ।

यसैवर्ष हस्तकला महासङ्घले स्वर्ण जयन्तीसमेत मनाउन लागेको छ । स्वर्णजयन्तीका अवसरमा महासङ्घले हस्तकलासम्बन्धी अन्तक्र्रियात्मक कार्यक्रम, रक्तदान, वृक्षारोपण, ज्येष्ठ कलाकारलाई सम्मानलगायत कार्यक्रमको आयोजना गरेको अध्यक्ष शाक्यले बताए।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ९ : ०४ बजे

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले