वाम–लोकतान्त्रिक गठबन्धनले नयाँ सरकार निर्माण गर्छ : महासचिव भुसाल « Khabarhub

वाम–लोकतान्त्रिक गठबन्धनले नयाँ सरकार निर्माण गर्छ : महासचिव भुसाल


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का महासचिव डा बेदुराम भुसालले वाम–लोकतान्त्रिक गठबन्धनको नेतृत्वमा नयाँ सरकार निर्माण हुने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा महासचिव भुसालले मुलुकमा संविधानको रक्षा, राजनीतिक संरक्षणका लागि गठन भएको गठबन्धनको साझा उम्मेदवारले सरकारको नेतृत्व गरी देशमा स्थायित्व र स्थिरतका कायम गर्ने बताए । उनले अबका केही सातामा बन्ने नयाँ सरकारले राष्ट्रको विकासका साथै जनताको सामाजिक रुपान्तरणका लागि योजनाबद्ध रुपमा सशक्त कार्यक्रम ल्याउने विश्वास व्यक्त गरे

यसैबीच गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङलाई औपचारिक समारोहमा पार्टीमा स्वागत गरिएको थियो । मनाङ प्रदेशसभा ‘२’ बाट स्वतन्त्र रुपमा उम्मेदवार दिएका गुरुङ निर्विरोध निर्वाचित भएका थिए । उनले पार्टीको वैचारिक सिद्धान्त तथा आदर्शप्रति आफ्नो आकर्षण भएकाले उक्त सङ्गठनमा आबद्ध भएर जनसेवामा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

जनताको आर्थिक तथा सामाजिक सेवामा सक्रिय हुन स्वतन्त्र सदस्य एक्लै नभई सङ्गठन वा पार्टीमा आबद्ध भएर जानुपर्ने भएकाले पनि आफू एकीकृत समाजवादी पार्टीमा निःशर्त औपचारिक रुपमा प्रवेश गरेको प्रष्ट पारे ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  १० : ३५ बजे

‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर– कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न

नेपाल ‘ए’ ले एनटी स्ट्राइकलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी खेलमा

मुख्यमन्त्री थापा मगरले भदौ ७ गते विश्वासको मत लिने

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले यही भदौ ७

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३