देशभर वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात « Khabarhub

देशभर वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभरको मौसम बदली भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो सातै प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। आज उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

आज बिहान प्रदेश १ र २ का एक-दुई स्थानमा हल्का वर्षा भएको बताइएको छ । राति प्रदेश १, २, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ।

शनिबार सुदूरपश्चिम र कर्णालीका धेरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ७ : ३९ बजे

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६