गुण्डागर्दी शैलीमा धम्क्याउने, कुटपिट गर्ने दुई जना पक्राउ « Khabarhub

गुण्डागर्दी शैलीमा धम्क्याउने, कुटपिट गर्ने दुई जना पक्राउ


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – जिल्ला प्रहरी कार्यालयले गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–५ चौकोटका ज्वाला भनिने ३२ वर्षीय कृष्णराम महत र खानीखोला गाउँपालिका–३ का २८ वर्षीय दिनेश गोले रहेको प्रहरी जनाएको छ ।

महत बनेपा, धुलिखेल र पनौती क्षेत्रमा सञ्चालित विभिन्न उद्योगी–व्यवसायीलाई गुण्डागर्दी शैलीमा धम्क्याउने, कुटपिट गर्नेलगायत कार्यमा संलग्नता रहेको पाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । उनका अनुसार गोलेले पनौती बजार क्षेत्रका व्यक्तिलाई धम्क्याउने तथा स्थानीयवासीको दैनिक कार्यमा समेत अवरोध पुर्‍याउने काम गर्दै आइरहेको पाइएकाले पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवैलाई ‘मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य–सुविधा र नैतिकताविरुद्ध’सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी बिहीबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थपको अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ७ : ५३ बजे

कांग्रेसले टुंग्यायो १६५ क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले प्रतिनिधिसभाका १६५ वटै निर्वाचन

सहकारी ठगीमा पर्सा अदालतले करोड धरौटी मागेपछि रविको प्रतिक्रिया : यसको हिसाब फागुन २१ गते हुनेछ

काठमाडौं– सहकारी ठगीसम्बन्धी मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

नवलपरासी-१ बाट उम्मेदवारी दर्तापछि विनोद चौधरीले भने- राजनीतिक परिवर्तन र आर्थिक रूपान्तरणको पक्षमा छु

काठमाडौं– नेपाली कांग्रेसका नेता विनोद चौधरीले नवलपरासी क्षेत्र नम्बर १ बाट

भारतले नेपाललाई उपलब्ध गरायो निर्वाचनसम्बन्धी सहयोगको पहिलो खेप

काठमाडौं- भारत सरकारले नेपाललाई प्रदान गरेको निर्वाचनसम्बन्धी सहयोगको पहिलो चरण

सप्तरी–३ मा उपेन्द्र यादवको उम्मेदवारी

राजविराज– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न