मूल्यवृद्धि विरोधी प्रदर्शन मत्थर पार्न कजाकस्तानमा विदेशी सेना तैनाथ « Khabarhub

मूल्यवृद्धि विरोधी प्रदर्शन मत्थर पार्न कजाकस्तानमा विदेशी सेना तैनाथ


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसी नेतृत्वको एउटा सैन्य फौज कजाकस्तान प्रवेश गरेको छ । कजाकस्तानका राष्ट्रपति कासिम जोमाट टोकायभको अनुरोधमा रुसी फौज त्यहाँ पुगेको हो ।

इन्धनको मूल्यवृद्धिलाई लिएर सरकारविरोधी प्रदर्शन चर्किरहेका बेला टोकायभले रुसको सेनालाई गुहारेका थिए । प्रदर्शनकारी र सुरक्षकर्मीबीचको झडपमा कजाकस्तानमा दर्जनौं प्रदर्शनकारी मारिएका विवरण सार्वजनिक भएका छन् । प्रदर्शन नियन्त्रण गर्ने क्रममा केही सुरक्षाकर्मी पनि हताहतीमा परेका छन् ।

बुधबार एउटा टेलिभिजन सम्बोधनमा राष्ट्रपति टोकाएभले रुसले नेतृत्व गरेको कलेक्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेसन (सीएसटीओ ) लाई प्रदर्शन नियन्त्रण गर्नका लागि सहयोगको अपिल गरेका थिए । सीएसटीओअन्तर्गत ताजिकिस्तान, बेलारुस, रुस, कजाकस्तान, र आर्मिनियाका सेना आबद्ध छन् ।

अधिकारीहरूले एलमाटी सहरको एउटा प्रमुख चोकमा पुनः नियन्त्रण कायम गरेका बीबीसीले जनाएको छ। त्यसक्रममा कैयौँ प्रदर्शनकारीहरू मारिएको बताइएको छ तर यकिन सङ्ख्या प्राप्त हुन सकेको छैन।

सरकारी निकायहरूले गाडीमा प्रयोग गरिने इन्धनको मूल्य बढाएसँगै देशका विभिन्न सहरहरूमा प्रदर्शन सुरु भएको थियो। प्रदर्शन उग्र बनेसँगै सङ्कटकाल घोषणा गरिएको छ।

मूल्यवृद्धि फिर्ता लिने पछिल्लो सरकारी कदमले प्रदर्शनकारीहरूलाई शान्त बनाउन सकेको छैन। कजाकस्तानमा रातभरि हिंसा जारी रहेको बताइएको छ।

 

 

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ८ : २८ बजे

तस्बिरमा हेर्नुहोस्, कुलमानको काठमाडौं–३ मा घरदैलो अभियान (तस्बिरहरू)

काठमाडौं–  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नम्बर

न्यून गुणस्तर भेटिएपछि ‘एनक्लेभ ओडी’ औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले बजारमा बिक्री भइरहेको ‘एनक्लेभ ओडी नामक

जब विद्यार्थी नेताले बंगलादेशको आन्दोलनमा लगाएको टीसर्टमै सांसदको शपथ लिए…

ढाका- बंगलादेशमा शेख हसिनाको सत्ता उखेल्ने गरी सन् २०२४ जुलाईमा

काठमाडौं-१ मा रञ्जु दर्शनाको घरदैलो (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले काठमाडौं निर्वाचन क्षेत्र

एआई पूर्वाधारमा भारतको दुई खर्ब डलर रणनीतिक पहल

नयाँदिल्ली– आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को विश्वव्यापी प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला भारतले