ए डिभिजन लिग : आठौं चरणका खेल आजदेखि « Khabarhub

ए डिभिजन लिग : आठौं चरणका खेल आजदेखि


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौं चरणको खेल आज सुरु हुँदैछ । दशरथ रंगशालामा हुने खेल दिउँसो १ बजे र बेलुकी पौने ५ बजे सुरु हुनेछ ।

दिनको पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आठौं चरणको खेलमा अपराजित संकटा चौथो जितको खोजीमा छ । बलियो देखिएको संकटा सातदोबाटोविरुद्ध हाबी हुन सक्छ । रवि सिलवालको कप्तानीमा उत्रने संकटालाई विदेशी डिफेण्डर टंम्पी घाइते हुँदा अभाव खड्किनेछ । तेस्रो स्थानको संकटा ७ खेलमा १३ अंक जोडेको छ।

नवप्रवेशी सातदोबाटो अर्को अप्रत्यासित नतिजा निकाल्ने दाउमा छ । अपराजित संकटालाई हराउँदै सातदोबाटो पुनः आफ्नो सुरुआती लय समात्ने योजनामा छ । ८ अंक जोडेर आठौं स्थानमा रहेको संकटा तेस्रो जित निकाल्दै छैठौ स्थानमा उक्नले दाउमा छ । मानबहादुर तामाङको कप्तानीमा रहेको सातदोबाटोलाई ह्याट्रिक कर्ता विदेशी फरवार्ड माटिन्सको अभाव हुनेछ ।

दिनको दोस्रो खेलमा रेलिगेशन प्रतिस्पर्धा रहेको छ । जहाँ विभागीय टोली एपीएफ फुटबल क्लब र जावलाखेल युथ क्लब आमनेसामने हुनेछ।

पछिल्लो दुई खेलमा विदेशी खेलाडी उतार्दै एपीएफले आफूलाई बलियो रहेका प्रमाणित गरेको छ । नविन लामाको कप्तानीमा एपीएफ दोस्रो जित निकाल्दै रेलिगेशन जोनबाट टाढा रहन चाहन्छ । एपीएफ ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

तुलनात्मक रुपमा राम्रो प्रदर्शन गर्दै आएको जावलाखेल पाएको अवसरलाई सदुपयोग गर्दै लय समात्ने योजनामा छ । कुलदीप कार्कीको कप्तानीमा रहेको जावलाखेल ७ अंक जोडेर नवौं स्थानमा छ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ९ : ३० बजे

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी