ए डिभिजन लिग : आठौं चरणका खेल आजदेखि | Khabarhub Khabarhub

ए डिभिजन लिग : आठौं चरणका खेल आजदेखि


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौं चरणको खेल आज सुरु हुँदैछ । दशरथ रंगशालामा हुने खेल दिउँसो १ बजे र बेलुकी पौने ५ बजे सुरु हुनेछ ।

दिनको पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आठौं चरणको खेलमा अपराजित संकटा चौथो जितको खोजीमा छ । बलियो देखिएको संकटा सातदोबाटोविरुद्ध हाबी हुन सक्छ । रवि सिलवालको कप्तानीमा उत्रने संकटालाई विदेशी डिफेण्डर टंम्पी घाइते हुँदा अभाव खड्किनेछ । तेस्रो स्थानको संकटा ७ खेलमा १३ अंक जोडेको छ।

नवप्रवेशी सातदोबाटो अर्को अप्रत्यासित नतिजा निकाल्ने दाउमा छ । अपराजित संकटालाई हराउँदै सातदोबाटो पुनः आफ्नो सुरुआती लय समात्ने योजनामा छ । ८ अंक जोडेर आठौं स्थानमा रहेको संकटा तेस्रो जित निकाल्दै छैठौ स्थानमा उक्नले दाउमा छ । मानबहादुर तामाङको कप्तानीमा रहेको सातदोबाटोलाई ह्याट्रिक कर्ता विदेशी फरवार्ड माटिन्सको अभाव हुनेछ ।

दिनको दोस्रो खेलमा रेलिगेशन प्रतिस्पर्धा रहेको छ । जहाँ विभागीय टोली एपीएफ फुटबल क्लब र जावलाखेल युथ क्लब आमनेसामने हुनेछ।

पछिल्लो दुई खेलमा विदेशी खेलाडी उतार्दै एपीएफले आफूलाई बलियो रहेका प्रमाणित गरेको छ । नविन लामाको कप्तानीमा एपीएफ दोस्रो जित निकाल्दै रेलिगेशन जोनबाट टाढा रहन चाहन्छ । एपीएफ ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

तुलनात्मक रुपमा राम्रो प्रदर्शन गर्दै आएको जावलाखेल पाएको अवसरलाई सदुपयोग गर्दै लय समात्ने योजनामा छ । कुलदीप कार्कीको कप्तानीमा रहेको जावलाखेल ७ अंक जोडेर नवौं स्थानमा छ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ९ : ३० बजे

मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार भएको छ : प्रधानन्यायाधीश राउत

काठमाडौं– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतको मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

गोदावरी– ललितपुरस्थित गोदावरी नगरपालिकाले जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण कार्य अगाडि

विदेश सचिवको ब्रिफिङ : भारतको आक्रमण पाकिस्तानी सेना, संरचना र सर्वसाधारणविरुद्ध होइन

काठमाडौं : भारतीय विदेश सचिव विक्रम मिस्रीले भारतले आतंकवाद विरुद्ध

रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)

काठमाडौं– रातो मच्छिन्द्रनाथ रथ जात्राअन्तर्गत शुक्रबार ललितपुरको लगनखेलस्थीत थतिटोलमा नरिवल

नीति कार्यक्रमभित्र सत्तापक्षले देखेको आशा, प्रतिपक्षको निराशा

काठमाडौं- सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३