एरेन्ज म्यारिजबाट बचाऊ भन्दै विलबोर्डमा आफ्नै विज्ञापन गरेर प्रेमिकाको खोजी « Khabarhub

एरेन्ज म्यारिजबाट बचाऊ भन्दै विलबोर्डमा आफ्नै विज्ञापन गरेर प्रेमिकाको खोजी


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– विवाहका लागि अधिकांश मानिसले डेटिङ एप्स वा म्याचमेकिङ वेबसाईटको सहयोग लिन्छन् । अथवा कोहीले साथीको सहयोगमा प्रेमिका छनौट गर्छन् । तर, बेलायतका मुहमद मलिकले भने अनौठो उपाय रोजेका छन् ।

२९ वर्षीय मलिकले भने भावी दुलही खोज्न बेलायतको प्रख्यात सहर ब्रिमिङघाममा बिलबोर्डमा प्रचार नै गरेका छन् । उनले बिलबोर्डमा आफ्नै तस्बीर राखेका छन् । ‘मलाई एरेन्ज म्यारिज हुनबाट बचाउ,’ विलबोर्डमा उनले लेखेका छन् । बोर्डमा उनले आफ्नो वेबसाईटको नाम पनि लेखेका छन्, ताकी हुनेवाला दुलहीले उनीसँग सम्पर्क गर्न सकून ।

उनको छुट्टै वेबसाईट पनि छ । भिडियोको नाम नै ‘फाइन्ड मलिक अ वाईफ’ अर्थात मलिकलाई पत्नि खोज भन्ने छ । आफू एक उद्यमी, खानेकुराप्रेमी, धार्मिक प्रवृत्तिको बताएका छन् ।

‘मैले विवाहका लागि अहिलेसम्म उपर्युक्त कन्या पाइन् । केटी खोज्न गा¥हो भयो । त्यही भएर विलबोर्डमा आफ्नै विज्ञापन गरेको हुँ,’ आफ्नो अस्वभाविक तरिकाबारे उनले वेबसाइटमा उनले लेखेका छन् ।

आफू व्यक्तित्व र विश्वासमा चासो राख्ने भन्दै विलबोर्डको धारण ठट्टा नभएको उनले बताएका छन् । आफू एरेन्ज म्यारिजको विपक्षमा भने नरहेको उनको भनाइ छ । ‘विभिन्न मुस्लिम संस्कारमा एरेन्ज म्यारिजको आफ्नै स्थान र परम्परा छ,’ उनले वेबसाइटमा उनले भनेका छन् ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ११ : ४३ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका