संसदलाई सुचारु गराउन पहल गर्ने गठबन्धन बैठकको निर्णय « Khabarhub

संसदलाई सुचारु गराउन पहल गर्ने गठबन्धन बैठकको निर्णय


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिले संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको समिति बैठकले संसद लामो समय अवरुद्ध हुनु उचित नभएको निष्कर्ष निकाल्दै ‍संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय गरेको हो ।

सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसदलाई विना अवरोध सञ्चालन गर्न सरकारको जत्तिकै भूमिका प्रतिपक्षको पनि भएको बताए ।

साथै उनले बैठकमा राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई जिताउन सात वटै प्रदेशमा गठन गरिएको संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय भएको पनि बताए ।

माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनमा केन्द्रित भएर बैठकमा छलफल भएको कार्कीले जानकारी दिए ।

पाँच दलीय सत्ता गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनका लागि यसअघि नै सिट बाँडफाँड भइसकेको छ । गठबन्धनले कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५–५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्याउँदै उम्मेद्वारी समेत दर्ता गरिसकेको छ ।

सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १ : ४८ बजे

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट