अन्तरिक्षमा आफ्नो अनुभव सुनाउँदै जापानका अर्बपति मइजवा भन्छन्– बुलेट रेलमा चढेजस्तै लाग्याे « Khabarhub

अन्तरिक्षमा आफ्नो अनुभव सुनाउँदै जापानका अर्बपति मइजवा भन्छन्– बुलेट रेलमा चढेजस्तै लाग्याे


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– अन्तरिक्षमा १२ दिन बिताएर गत महिना पृथ्वीमा फर्किएका जापानका अर्बपति युसाकु मइजवाले रोलकोस्टर चढेर पृथ्वीमा पागल हुनुभन्दा अन्तरिक्षमा रहनु आनन्दमय भएकाे बताएका छन् ।

४६ वर्षीय मइजवा यही डिसेम्बरमा अन्तरिक्षमा पुगेका थिए । उनी पछिल्लो एक दशकभित्र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो अन्तरिक्ष पर्यटक हुन् ।

‘जब तपाई अन्तरिक्षमा जानुहुन्छ, तपाईलाई पृथ्वीमा दिक्क लाग्छ,’ उनले भने, ‘तपाई आभारी हुनुपर्छ कि अन्तरिक्षमा पनि हावा, गन्ध र मौसम हुन्छन् ।’

उनले अन्तरिक्षमा शून्य गुरुत्वाकर्षणमा चिया बनाउनेदेखि भित्री वस्त्रको अभावजस्ता विषयमा सामाजिक सञ्जालमा आफ्ना फलोअर्स अनुभव साटेका थिए । आफूलाई अन्तरिक्षमा कहिल्यै त्रास अनुभूति नगरेको उनले बताएका छन् ।

पृथ्वीबाट अन्तरिक्षमा जाने क्रममा आफूले निकै आनन्द महशुस गरेको उनले बताए । ‘बुलेट रेलमा यात्रा गरेजस्तै अनुभव भयो । झ्यालबाट बाहिर हेरेपछि मात्र अन्तरिक्षतर्फ लागेको अनुभूति भयो ।’

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ४ : ०० बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा