‘आकासे खेती’ को ‘चिटिक्कै परेर आइछेउ’ | Khabarhub Khabarhub

‘आकासे खेती’ को ‘चिटिक्कै परेर आइछेउ’


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘आकासे खेती’ को गीत ‘चिटिक्कै परेर आइछेउ’ सार्वजनिक भएको छ । केही अगाडि फष्टलुक सार्वजनिक गरेको निर्माण युनिटले फिल्मको प्रचारप्रसारका लागि गीत सार्वजनिक गरेको हो ।

गीतमा हरी उप्रेतीको शब्द, राजेशपायल राई, लोक पौडेल, अञ्जु पन्त र सुम्निमा इङ्नामको स्वर तथा विकास चौधरीको संगीत छ । गीतमा गौरव पहारी, विल्सनविक्रम राई ‘तक्मे बुढा’, बुद्धी तामाङ ‘हैट’, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिब्बुलगायतको अभिनय छ । गीतको कोरियोग्राफी राजिव सिंहले गरेका हुन् ।

फिल्म फागुन २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउदैछ । उदय सुब्बाको निर्देशन रहेको फिल्ममा जयनन्द लामा, शिशिर वाङ्देलको पनि अभिनय छ ।

युवाहरुको विना मिहिनेत पैसा कमाउने सपना र तिब्वतियन शरणार्थीको विषयमा निर्माण भएको यो निर्देशक सुब्बाको १८ औं फिल्म हो । फिल्म जि.जि ग्रुपका करण श्रेष्ठले उपत्यका र एफडि कम्पनीले उपत्यका बाहिर वितरण गर्नेछ ।

केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङबाङ, दीलप्रकाश याक्सो निर्माता रहेको फिल्मको कथा निर्देशक आफैले तयार पारेका हुन् । फिल्मको सम्वाद भने कलाकार विल्सन बिक्रम राई ‘तक्मे बुढा’ ले लेखेका हुन् ।

एसएस इन्टरनेशनल फिल्मस् र ताक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा विक्रम डिसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किरातीको द्वन्द्व, रामजी लामिछाने र राजिव सिंहको नृत्य, विकास चौधरी र बादल लिम्बुको संगीत छ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ३ : १५ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका